Skip to content
LAXMI SUNRISE BANK

सिभिल बैंक लिमिटेडद्धारा ‘सुरक्षित दशैँ मनाऔं’ भन्ने नाराका साथ सि.एस.आर कार्यक्रमको आयोजना

अर्थ सरोकार

काठमाडौं । सिभिल बैंक लिमिटेडले यस वर्षको दशैँको अवसरमा ‘सुरक्षित दशैँ मनाऔं’ भन्ने नाराका साथ आफ्नो संस्थागत सामाजिक उत्तरदायित्वको कार्यक्रम अगाडी ल्याएको छ ।

वडा दशैंको नवौं दिन अर्थात नवमीमा भक्तजनहरुको मन्दिरहरुमा बाक्लो घुइँचो लाग्ने हुँदा कोरोना संक्रमणको जोखिम बढी हुने संभावनालाई मध्यनजर गर्दै बैंकले काठमाडौं को तलेजु भवानी, काल भैरब, नरदेवी तथा कन्केश्वरी अजीमा देवीको मन्दिर परिसरमा फेसमास्क तथा स्यानीटाईजर वितरण गर्ने भएको छ । यसले वडा दशैंमा श्रद्धालु भक्तजनमाझ कोरोना संक्रमणको जोखिमलाई न्यूनीकरण गर्न सघाउ पुर्याउने कुरा सिभिल बैंकका प्रमुख कार्यकारी अधिकृत सुनिल पोखरेलले बताएका छन् ।

 

Royal Enfield
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK