×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

सिटिजन्स बैंक लुट प्रकरण : यिनै हुन् पक्राउ परेका व्यक्ति, झन्डै २० लाख लुटेको अनुमान, कर्मचारी गनिरहेछन् पैसा…!

PRIME CA

सिटिजन्स बैंक लुट प्रकरण : यिनै हुन् पक्राउ परेका व्यक्ति, झन्डै २० लाख लुटेको अनुमान, कर्मचारी गनिरहेछन् पैसा…!

अर्थ सरोकार

२५ आश्विन २०७८, सोमबार

पढ्न लाग्ने समय: < १ मिनेट

विराटनगर । २५ असोज सोमबार । सिटिजन्स बैंकको कर्सिया शाखामा रकम लुटेको अभियोगमा एक जनालाई प्रहरीले पक्राउ गरेको छ । सोमबार दिउँसो बैंक लुट्न गएका नकाबधारी समूहले बैंकबाट करिब २० लाख रुपैयाँ लुटेर भागेपछि प्रहरीले गोली चलाएर उनीहरुलाई नियन्त्रणमा लिएको थियो ।

यस विषयमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ । कति पैसा लुटिएको छ भन्ने थाहा पाउन अहिले कर्मचारीहरुले पैसा गनिरहेको बैंकले जनाएको छ ।

‘प्रहरीले मुचुल्का उठाएर अनुसन्धान थालिसकेको छ । कर्मचारी साथीहरुले पैसा गनिरहेका छन् । करिब २० लाख रुपैयाँ लुटेको अनुमान गरिएको छ ।’ बैंकका एक उच्च अधिकारीले अर्थ सरोकारसँग भने, ‘मानवीय क्षति भएन, त्यहि खुसीको कुरा हो । घाइते भएका गार्ड पनि खतरा मुक्त छन् ।’

उनका अनुसार सीसीटीभीमा नकावधारी ६ जना लुटेराको समूहले कर्मचारीलाई पेस्तोल देखाएर कर्मचारीलाई नियन्त्रणमा लिएको देखिएको छ  । त्यसपछि उनीहरुले पैसा पोको पारेर हिंडेको देखिन्छ ।

बैङ्कका सुरक्षा गार्ड ३७ वर्षीय शितल कुँवरलाई लुटेरा समूहले २ गोली हानेका रहेछन् । उनको घाँटीमुनिको भागमा गोली लागेको छ ।  घाइते कुँवरलाई विराटनगरको न्यूरो अस्पताल भर्ना गरिएको छ ।  चिकित्सकले शरीरबाट एउटा गोली निकालेका छन् ।  रङ्गेली नगरपालिका–२ घर भएका कुँवरले एक महिनाअघि मात्रै बैंकको सुरक्षा गार्डको काम शुरु गरेका थिए । उनी नेपाली सेनाबाट गत जेठमा अवकाश पाएका व्यक्ति हुन् ।

मोरङको धनपालथान गाउँपालिकाको कर्सियास्थित सिटिजन बैंकको शाखा लुट्न खोज्ने तीन जनालाई पक्राउ परेका छन् । दुई जना भारतीय र एक नेपालीलाई प्रहरीले नेपाल भारत सीमा नाका मोरङको धनपालथान गाउँपालिका २ खैरवनाबाट पक्राउ गरेको हो । प्रहरीले भारतको अररिया जिल्लाको शिवपुरदेखि ३२ वर्षीय सुनिल यादव, भारत गौराहाका ३५ वर्षीय विजय बहरदार र विराटनगर–३ मुनालपथका ३२ वर्षीय श्याम मुखियालाई पक्राउ गरेको छ ।

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: