×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

निक्षेप जोगाउन विकास बैंकहरु हदैसम्म आक्रामक, सबैजसोको ब्याजदर बढ्यो !

LAXMI SUNRISE BANK
GLOBAL IME BANK

निक्षेप जोगाउन विकास बैंकहरु हदैसम्म आक्रामक, सबैजसोको ब्याजदर बढ्यो !

१ कार्तिक २०७८, सोमबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाण्डौ । बिकास बैंकहरु आफ्नो निक्षेप जोगाउन हदैसम्म आक्रामक देखिएका छन् । आफुलाई ठुला भन्न रुचाउने केही वाणिज्य बैंकहरुले १० प्रतिशतसम्म निक्षेपको ब्याजदर तोकेपछि बिकास बैंकहरु पनि आफ्नो निक्षेप जोगाउन लागि परेका हुन् ।

यसैबीच बिकास बैंकहरुमध्ये देशकै सबैभन्दा ठुलो मानिएको बिकास बैंक मुक्तिनाथ बिकास बैंकले मुद्दति निक्षेपको ब्याजदर करिब ११ प्रतिशत पुर्याएको छ । यो ब्याजदर कार्तिक १ गतेदेखि लागु हुने भनिएको छ । बैंकले ३ महिना वा सोभन्दा बढी अवधिको व्यक्तिगत मुद्दति निक्षेप र  संस्थागत मुद्दति निक्षेपका लागि पनि ३ महिना वा सोभन्दा बढी अवधिलाई १०.६१ प्रतिशत नै ब्याजदर तोकिएको छ । यता सोहि बैंकले कर्मचारी बचत खाताको ब्याजदर ६.११ प्रतिशत पुर्याएको छ भने अन्य बचत खातातर्फ अधिकत ५.६१ प्रतिशत ब्याजदर तोकेको छ ।

बैंकको भदौको बेसरेट ८.०५ प्रतिशत रहेको छ । कर्जाको ब्याजडर पछिल्लो बेसरेटमा ६ प्रतिशत प्रिमियम जोडेर कायम गरिने बैंकले जनाएको छ।

यता गरिमा विकास बैंकले व्यक्तिगत र संस्थागत मुद्दति निक्षेप खाताको ब्याजदर समान १०.६१ प्रतिशत कायम गरेको छ भने बचत खाताको ब्याजदर अधिकतम ५.६१ प्रतिशत रहेको छ ।

सांग्रिला बैंकले पनि तीन महिने वा सोभन्दा बढी अवधिको व्यक्तिगत र संस्थागत मुद्दति निक्षेपकै ब्याजदर १०.६१ प्रतिशत कायम गरेको छ । तीन महिने वा सोभन्दा बढी अवधिको रेमिटान्स मुद्दति खाताको ब्याजदर भने ११.६१ प्रतिशत कायम गरिएको छ भने बैंकले  बचतमा ५.६१ प्रतिशतसम्मको ब्याजदर दिनेछ ।

कामना सेवा विकास बैंकले ३ देखि ६ महिना अवधिको व्यक्तिगत मुद्दति निक्षेपको ब्याजदर १०.११ प्रतिशत, ६ देखि १ वर्ष वा सोभन्दा बढीको अवधिको मुद्दति निक्षेपको ब्याजदर पनि १०.११ प्रतिशत ब्याज दिने भएको छ । संस्थागत मुद्दतितर्फ ३ देखि ६ महिने अवधिको ब्याजदर १०.११ प्रतिशत, ६ महिनादेखि १ वर्ष अवधिको ब्याजदर १०.६१ प्रतिशत र १ वर्ष वा सोभन्दा बढी अवधिको ब्याजदर पनि १०.६१ प्रतिशत कायम गरिएको छ । बैंकले रेमिटान्स फिक्स्ड डिपोजिटको ब्याज ११ प्रतिशत पुर्याउंदा  बचतमा अधिकतम ६ प्रतिशतसम्म ब्याज दिने भएको  छ।

यस्तै ज्योति विकास बैंक ज्योति विकास बैंकले ३ महिना वा सोभन्दा बढी अवधिको संस्थागत र व्यक्तिगत मुद्दति निक्षेपमा समान १०.६१ प्रतिशत ब्याजदर दिने भएको छ । बचतमा यो बैंकले अधिकतम ६ प्रतिशत ब्याज दिने भएको हो ।

यता लुम्बिनी विकास बैंकले ३ महिनादेखि ९ महिना अवधिको व्यक्तिगत मुद्दति निक्षेपको ब्याजदर १० प्रतिशत र ९ महिनादेखि माथि अवधिको ब्याजदर १०.६१ प्रतिशत दिने भएको छ ।यो बैंकले बचतमा अधिकतम ६.१० प्रतिशत ब्याज दिनेछ । यता बैंकले तीन महिने वा सोभन्दा बढी अवधिको व्यक्तिगत र संस्थागत मुद्दति निक्षेपकै ब्याजदर बढाएर १०.६१ प्रतिशत कायम गरेको छ भने बचतको अधिकतम ब्याजदर ६.६१ प्रतिशत दिने भएको छ ।

CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी