×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

आइएमई जनरल इन्स्योरेन्स लिमिटेड कम्पनी ASIA’S BEST EMPLOYER BRAND AWARDS 2021 बाट सम्मानित

LAXMI SUNRISE BANK
GLOBAL IME BANK

आइएमई जनरल इन्स्योरेन्स लिमिटेड कम्पनी ASIA’S BEST EMPLOYER BRAND AWARDS 2021 बाट सम्मानित

२ कार्तिक २०७८, मंगलवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं । आइएमई जनरल इन्स्योरेन्स लिमिटेड Asia’s Best Employer Brand Awards 2021 बाट सम्मानित भएको छ । मिति ७ अक्टोबर २०२१ मुम्बईमा आयोजित कार्यक्रममा आइएमई जनरल इन्स्योरेन्स लिमिटेडलाई World HRD Congress, ले Asia’s Best Employer Brand Awards 2021 बाट सम्मानित गरेको हो । उक्त कार्यक्रममा जुम तन्त्रको माध्यमबाट सहभागी भई कम्पनीका प्रमुख कार्यकारी अधिकृत युगेशभक्त बादे श्रेष्ठले उक्त सम्मान ग्रहण गरेका थिए ।

कम्पनीका प्रमुख कार्यकारी अधिकृत युगेशभक्त बादे श्रेष्ठले Employee Branding Institute, World HRD Congress and other Strategic Partners हरुलाई उक्त अवसरमा धन्यवाद दिँदै कम्पनीको उपलब्धिमा आ-आफनो क्षेत्रबाट सहयोग तथा साथ दिई महत्वपूर्ण योगदान पुर्याउने सम्पूर्ण ग्राहकहरु, सेयरधनीहरु, कर्मचारीहरु, नियामक निकायहरु, सम्पूर्ण सञ्चार जगत लगायत सबैमा कृतज्ञता सहित हार्दिक धन्यवाद ज्ञापन गरे ।

उक्त समाहरोहमा प्रमुख कार्यकारी अधिकृत श्रेष्ठले यस सम्मानबाट थप हौसला प्राप्त भएको र आगामी दिनमा आफ्नो सेवालाई अझै परिस्कृत गर्दै डिजिटल माध्यमबाट समेत सहज र सरल रुपमा सेवा प्रदान गर्दै सबै क्षेत्रबाट सदा झैँ सहयोग प्राप्त भई नेपालको निर्जीवन बीमा क्षेत्रमा एक अग्रणी बीमा कम्पनीको रुपमा आइएमई जनरल इन्स्योरेन्स अगाडी बढ्ने प्रतिवद्धता व्यक्त गरे ।

CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी