काठमाडौं । माछापुच्छ्रे कृति क्यापिटल लिमिटेडले आफ्नो ११ हजार ६६९ कित्ता संस्थापक सेयर बिक्री गर्ने भएको छ । कम्पनीले एक सूचना जारी गर्दै संस्थापक सेयरधनी ओलम्पिया क्यापिटल इन्भेष्टमेण्टको नाममा रहेकोसो सेयर बिक्री गर्न लागेको जनाएको हो ।
यद्यपी सो सेयरको मुल्य भने तोकिएको छैन् । उक्त सेयर खरीद गर्न ईच्छुक यस कम्पनीका संस्थापकहरुले आजको मितिले ३५ दिनभित्र कम्पनीको केन्द्रीय कार्यालय बागदरवार, काठमाडौंमा आफूले खरीद गर्ने सेयर संख्या र मूल्य खुलाई निवेदन पेश गर्न गर्नुपर्नेछ ।
उक्त समय अवधिमा सेयर खरीद गर्न निवेदन नआएमा अन्य व्याक्ति संघसंस्थालाई बिक्री गरिनेछ ।