×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

एभरेष्ट बैंकको २८औँ वर्षमा प्रवेश, सामाजिक कार्य गरी मनायो २७औं वार्षिकोत्सव

LAXMI SUNRISE BANK
GLOBAL IME BANK

एभरेष्ट बैंकको २८औँ वर्षमा प्रवेश, सामाजिक कार्य गरी मनायो २७औं वार्षिकोत्सव

२ कार्तिक २०७८, मंगलवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं । एभरेष्ट बैंकले आफ्नो २७औं वार्षिकोत्सवको अवसरमा मुख्य शाखा, लाजिम्पाटमा रक्तदान र निःशुल्क स्वास्थ्य जाँच शिविर सम्पन्न गरेको छ । रगतको बढ्दो माग आपूर्तिका निम्ति हाम्रा अधिकांश कर्मचारीहरुका साथै ग्राहकवर्गहरुसंग सक्रिय भई रक्तदान कार्यक्रममा सहभागिता जनाएका थिए । उक्त कार्यक्रममा धेरै ग्राहक तथा कर्मचारीहरुको सहभागिता रहेको थियो । रगतको बढ्दो मागलाई पुरा गर्ने उद्देश्यले बैंकका ५० भन्दा बढी कर्मचारीहरु तथा ग्राहकहरुले रक्तदान गरेका थिए । त्यसैैगरी १०० भन्दा कर्मचारीहरु तथा ग्राहकहरुले निःशुुल्क जाँच शिविरबाट वरिष्ठ चिकित्सकहरुबाट पोस्ट कोभिडको बारेमा आवश्यक परामर्श लिएका छन् ।
यसै कार्यक्रमको शिलशिलामा बैंकमा २५ वर्षभन्दा बढी सेवारत कर्मचारीहरुलाई सम्मान गरेको छ । यसैगरी बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत ललितपुर महानगरपालिकासंग शंखमूल स्थित घाटमा विद्युतीय शव दाह उपकरण उपलब्ध गराउने समझदारी पत्रमा हस्ताक्षर भएको छ । सो सम्झौता पत्र बैंकका प्रमुख कार्यकारी अधिकृत सुदेश खालिङ र ललितपुर महानगरपालिकाका मेयर चिरिबाबु महर्जनका बीच साटासाट् गरिएको थियो । यसै अवसरमा बैंकले वानेश्वर स्थित शाखाका एकजना पुराना ग्राहकलाई अभिनन्दन पनि गरेको थियो ।
यस बैंकमा हालसम्म ११ लाखभन्दा बढी सन्तुष्ट ग्राहकहरु रहेको बैंकले जनाएको छ । देशैभरि १०५ शाखा, १३८ एटिएम् सहितको नेटवर्कबाट अत्याधुनिक मोबाईल र इन्टरनेट र एसएमएस् बैकिङ्ग सुबिधा प्रदान गर्दै आइरहेको छ । यस बैंकले नेपाल सरकारको राजस्व संकलनको लागि ३१ वटा संकलन केन्द्रबाट समेत सेवा दिंदै आइरहेको बैंकले जनाएको छ ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी