Skip to content
LAXMI SUNRISE BANK

देश बोल्ने फोटो कथा : देशभरका अधिकाशं स्थानमा बाढी र पहिरोको बितण्डा, जिपलाइनमा रमाउँदै आन्तरिक पर्यटक…!

अर्थ सरोकार

काठमाडौँ । देशभर विभिन्न घट्छन् । केहि सामान्य समाचारका विषय हुन्छन्, केहि समाचारले असामान्य कम्पन पैदा गरिदिन्छन् । केहि तस्विर फगत तस्विरमात्र हुन्छन् भने केहि तस्विरले देश बोल्दछन् । हामी हरेक दिन सातै प्रदेशका त्यस्ता तस्विरहरुलाई प्रकाशन गर्छौँ, जसले देश र जनताको आर्थिक स्थिति प्रतिनिधित्व गर्छ । समसामयिक विषयमा राज्यलाई खबरदारी गर्छ र जनताको जीवन बोल्छ ।
आज कुन कुन ठाउँमा के के भयो ? यी दृश्यहरु आफैं बोलिरहेछन् । आजको अंकमा हामीले अबिरल वर्षाका कारण अधिकाशं स्थान जलमग्न भएकोदेखि जिपलाइनमा विश्वमै ख्यातिप्राप्त अमेरिकी ब्रान्ड ‘जिप फ्लायर’सँग आबद्ध हाइग्राउण्ड एडभेन्चर प्रालिले पोखराको सराङकोटदेखि हेमजासम्म सञ्चालनमा ल्याएको सुपरमेन जिपलाइनमा रमाउँदै गरेका आन्तरिक पर्यटक र देखिएको माछापुच्छ«े हिमालसम्मका तस्विरलाई फोटोमा समेटेका छौं ।
हेरौं फोटो समाचार :
आइतबारदेखि परेको अबिरल वर्षाका कारण जलमग्न धनगढी उपमहानगरपालिका-५ हसनपुर क्षेत्र ।
जिपलाइनमा विश्वमै ख्यातिप्राप्त अमेरिकी ब्रान्ड ‘जिप फ्लायर’सँग आबद्ध हाइग्राउण्ड एडभेन्चर प्रालिले पोखराको सराङकोटदेखि हेमजासम्म सञ्चालनमा ल्याएको सुपरमेन जिपलाइनमा रमाउँदै आन्तरिक पर्यटक र देखिएको माछापुच्छ«े हिमाल । प्रालिले एक दशकदेखि पोखरामा क्लासिकल जिपलाइन सञ्चालन गरिरहेको छ ।

आईतबार रातीदेखि परेको अविरल बर्षाका कारण किसानले काटेर राखेको धानबाली पानीले बगाउन थालेपछि शान्तीनगर गाउँपालिका(३ देबीपुरका किसान धान स्याहादै ।

सप्तरीको रुपनी गाउँपालिका वडा नं- ५ बस्बीटीमा खाल्डो परेको पोखरीमा माछा मार्दै स्थानिय युवा ।

लगातारको वर्षापछि महाकाली नदीमा आएको बाढी ।

ताप्लेजुङको फक्ताङ्लुङ गाउँपालिका—७, मौवाटारस्थित तमोर नदी तर्दै याक ।

गत असार १ र त्यसपछिको बाढीले पक्की पुल बगाएपछि हेलम्बुको चनौटेमा ह्यूम पाइप राखेर बनाइएको बाटोमा निरन्तरको वर्षाले क्षति पु¥याएपछि यातायात सेवा अवरुद्ध ।

महाकाली नदीको बाढीले पहुँच मार्गमा पु¥याएको क्षतिबारे जानकारी लिँदै सुदूरपश्चिम प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री पूर्णा जोशी ।

तनहुँको व्यास नगरपालिका–५ बेतेनीमा पहिरो रोकथामका लागि ग्याबिन जाली भर्दै कामदार । तनहुँ जलविद्युत् आयोजनाको सहयोगमा पहिरो नियन्त्रणका लागि ग्याबिन जाली भर्ने काम भइरहेको छ ।

रुपन्देहीको शुद्धोधन गाउँपालिका–१, चम्कीपुरस्थित खेतमा काटेर सुकाइएको धान आइतबारदेखि निरन्तर परेको पानीले भिजेपछि पानीबाट बाहिर निकाल्दै किसान ।

आइतबारदेखि परेको पानीले रुपन्देहीको सैनामैना नगरपालिका–५ स्थित कर्मुहामा किसानले व्यावसायिक रुपमा गरेको काउलीखेतीमा पु¥याएको क्षति ।

निरन्तर परेको पानी र हावाहुरीले शुक्लाफाँटा नगरपालिका–२, रानीपुरमा ढालेको उखुबाली । उखु ढलेपछि किसान चिन्तित छन् ।

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK