×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

ज्योति विकास बैंक लिमिटेड र मञ्जुश्री फाइनान्सको लिलामी सेयरमा आवेदन भर्ने बुधबार अन्तिम दिन, प्रतिकित्ता कति ?

LAXMI SUNRISE BANK
GLOBAL IME BANK

ज्योति विकास बैंक लिमिटेड र मञ्जुश्री फाइनान्सको लिलामी सेयरमा आवेदन भर्ने बुधबार अन्तिम दिन, प्रतिकित्ता कति ?

३ कार्तिक २०७८, बुधबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं । ज्योति विकास बैंक लिमिटेड र मञ्जुश्री फाइनान्सको संस्थापक समूहको सेयर लिलामी भर्ने आज कात्तिक ३ गते बुधबार अन्तिम दिन हो । आज कार्यालय समयभित्र आवेदन दिईसक्नुपर्नेछ । ज्योति विकास बैंकको १ लाख ८१ हजार ४७० कित्ता र मञ्जुश्री फाइनान्सको ९५ हजार १६६ कित्ता सेयर रहेको छ । यसमा लगानीकर्ताले ज्योतिको सेयरमा न्यूनतम १८५ रुपैयाँ र मञ्जुश्रीको सेयरमा २७५ रुपैयाँ न्यूनतम रुपैयाँ भाउ राखेर आवेदन दिन सक्नेछन् ।

यो सेयर खरिदका लागि विद्यमान संस्थापकहरु वा जो कोही व्यक्ति, कम्पनी, संघ, संस्थाहरुले आवेदन दिन सक्नेछन् । न्यूनतम १००० कित्ता वा अधिकतम सम्पूर्ण कित्ताका लागि पनि आवेदन दिन सकिनेछ । लिलामीको बोलपत्र बिक्री प्रबन्धक एनआइबीएल एस क्यापिटल लाजिम्पाट काठमाडौंमा बुझाउन सकिनेछ ।

CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी