×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

गुराँस लाइफ इन्स्योरेन्सका नव नियुक्त प्रमुख कार्यकारी अधिकृत विपिन कुमारले सम्हाले कार्यभार

LAXMI SUNRISE BANK
GLOBAL IME BANK

गुराँस लाइफ इन्स्योरेन्सका नव नियुक्त प्रमुख कार्यकारी अधिकृत विपिन कुमारले सम्हाले कार्यभार

Artha Sarokar

३ कार्तिक २०७८, बुधबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं । गुराँस लाइफ इन्स्योरेन्स कम्पनीका नव नियुक्त प्रमुख कार्यकारी अधिकृत विपिन कुमार लालले बुधबारदेखि आफ्नो कार्यभार सम्हालेका छन् । असोज ३१ गते बसेको सञ्चालक समितिको बैठकले लाललाई आजदेखि लागु हुने गरी आगामी चार वर्षका लागि प्रमुख कार्यकारी अधिकृतमा नियुक्त गरेको हो । व्यवस्थापनमा स्नातकोत्तर गरेका लालसँग एलआइसी नेपालमा विभिन्न तहमा रहेर  १८ वर्ष  काम  गरेको अनुभव रहेको छ ।

लाल एलआइसी नेपालमा फाइनान्स हेड थिए । यसअघि गुराँस लाइफमा नारायण कुमार भट्टराईले प्रमुख कार्यकारीको पद सम्हाल्दै आएका थिए । भट्टराईको कार्यकाल बाँकी हुँदै गर्दा प्रमुख कार्यकारी अधिकृत सहित उच्च व्यवस्थापनका लागि विज्ञापन आह्वान गरेको थियो । कम्पनीको दाबाब  पछि भट्टराईले कार्यकाल दुई महिना बाँकी हुँदै राजिनामा दिएका हुन् ।

CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी