×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

बाढी र पहिरोले देशभरको जनजीवन प्रभावित, १६ तस्विरमा हेर्नुहोस् पानीको बितण्डापछि प्रभावित बनेको नागरिकको जीवन

LAXMI SUNRISE BANK
GLOBAL IME BANK

बाढी र पहिरोले देशभरको जनजीवन प्रभावित, १६ तस्विरमा हेर्नुहोस् पानीको बितण्डापछि प्रभावित बनेको नागरिकको जीवन

३ कार्तिक २०७८, बुधबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौँ । देशभर विभिन्न घट्छन् । केहि सामान्य समाचारका विषय हुन्छन्, केहि समाचारले असामान्य कम्पन पैदा गरिदिन्छन् । केहि तस्विर फगत तस्विरमात्र हुन्छन् भने केहि तस्विरले देश बोल्दछन् । हामी हरेक दिन सातै प्रदेशका त्यस्ता तस्विरहरुलाई प्रकाशन गर्छौँ, जसले देश र जनताको आर्थिक स्थिति प्रतिनिधित्व गर्छ । समसामयिक विषयमा राज्यलाई खबरदारी गर्छ र जनताको जीवन बोल्छ । आज कुन कुन ठाउँमा के के भयो ? यी दृश्यहरु आफैं बोलिरहेछन् । आजको अंकमा हामीले बाढी र पहिरोले देशभरको जनजीवन प्रभावित बनेको तस्विरलाई फोटोमा समेटेका छौं ।
 
हेरौं फोटो समाचार :

सुदूरपश्चिम प्रदेशका विभिन्न जिल्लामा आइतबार रातिदेखि भइरहेको अविरल वर्षासँगै भएको डुवान र बाढी जस्ता प्राकृतिक विपद्को घटनामा जोखिमा परेका नागरिकको उद्वारमा गर्दै नेपाल प्रहरीको टोली ।

तिला गाउँपालिका ४ जुम्ला नुवाकोट गाउँको धानको ज्यूलोमा पसेको बाढी ।

तिला गाउँपालिका ४ जुम्ला नुवाकोट गाउँस्थित बाढीले बनाएको क्षतिबारे जनाउँदै स्थानीय ।

लगातारको वर्षापछि महाकाली नदीमा आएको बाढी ।

तिला गाउँपालिका ४ जुम्ला साँपुल्ली गाउँस्थित बाढीले डुबेको धानबाली ।

लगातार दुई/तीन दिनदेखि परेको अत्यधिक वर्षाका कारण मोहुली खोलमा आएको बाढीले सप्तरीको कञ्चनरुप नगरपालिका–३ बरमझियाको वस्तिमा पसेको पानी ।

कर्णाली नदीबाट आएको बाढीले ईलाका प्रहरी कार्यालय टीकापुर डुवानमा । कर्णाली नदीमा पानीको बहाव अत्याधिक भएपछि कर्णाली नदीसँग जोडिएको रानी जमरा कुलरिया कुलाको पानी गाउँ हुँदै बजार पुगेको हो । अहिले टीकापुर बजारको अधिकांश भाग डुवानमा परेका छन् ।

दमक–७ स्थित पशुहाट बस्तीमा रतुवा खोलामा आएको बाढीले एउटा घर बगाउने क्रममा । खोलामा आएको बाढीले त्यहाँका सात वटा घर बगाउनुका साथै थप १७ वटा घर जोखिममा परेको वडाध्यक्ष भीमप्रसाद पौडेलले बताउनुभयो ।

कर्णाली नदीमा पानीको बहाव बढेसँगै कैलालीको जमरा र रानी कुलाबाट आएको बाढीले बजारक्षेत्र जलमग्न भएपछि सडकमा देखिएका स्थानीयवासी र व्यापारी । अहिले बजारका दर्जनौं पसल तथा कार्यालयमा पानी पसिसकेको छ ।

बाढीको जोखिममा रहेको तिला गाउँपालिका–४, नुवाकोटगाउँका लालबहादुर सार्कीको घर ।

लगातारको वर्षाका कारण पहिरो खस्दा जोखिममा परेको दोगडाकेदार गाउँपालिका–३, श्रीकोट स्वास्थ्यचौकी भवन ।

वर्षाका कारण जलमग्न राजविराजस्थित जिल्ला सरकारी वकिल कार्यालय ।

निरन्तर वर्षाका कारण सप्तरीको हनुमाननगर कङ्कालिनी नगरपालिका–३, पोर्ताहामा बाढी आएपछि डुबानमा परेको स्वास्थ्यचौकी ।

म्याग्दीको बेनी नगरपालिका–१ रत्नेचौरस्थित खेतमा हावाहुरीले ढालेको धानबाली ।

म्याग्दीको बेनी नगरपालिका–१ रत्नेचौरस्थित खेतमा हावाहुरीले ढालेको धानबाली ।

बाढीका कारण झापाको कमल गाउँँपालिका–७, गेउरियास्थित एक जलमग्न घर । केहीदिन यता परेको पानीले यस वडाका अधिकांश धानखेती डुबानमा परेको छ ।

CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी