×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

सिभिल लघुवित्त वित्तीय संस्थाले डाक्यो कात्तिक २८ गते वार्षिक साधारणसभा, २० प्रतिशत लाभांश दिने विशेष प्रस्ताव पेस गरिने

LAXMI SUNRISE BANK
GLOBAL IME BANK

सिभिल लघुवित्त वित्तीय संस्थाले डाक्यो कात्तिक २८ गते वार्षिक साधारणसभा, २० प्रतिशत लाभांश दिने विशेष प्रस्ताव पेस गरिने

५ कार्तिक २०७८, शुक्रबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं । सिभिल लघुवित्त वित्तीय संस्थाको वार्षिक साधारणसभा कात्तिक २८ गते हुने भएको छ । कम्पनीको सभा बोगनभिल्ला इभेन्ट्स, त्रिपुरेश्वर काठमाडौंमा बिहान ११ बजेबाट हुने भएको हो । कम्पनीले सभामा १९% बोनस सेयर र कर तिर्न १% नगद लाभांश दिने प्रस्ताव पेस गर्ने जनाएको छ ।
जसका लागि कम्पनीले ४ करोड ६० लाख ३ हजार ६२ रुपैयाँ बराबरको बोनस र करका लागि २४ लाख २१ हजार २१३ रुपैयाँ नगद लाभांश छुट्याएको छ । यस्तै कम्पनीको आर्थिक वर्ष २०७७/७८ को नाफा नोक्सान सम्बन्धी हिसाबका सम्बन्धमा पनि छलफल हुनेछ ।
साथै आर्थिक वर्ष २०७८/७९ का लागि लेखापरीक्षक नियुक्त गरी पारिश्रमिक निर्धारण गर्ने एजेन्डा पनि रहेको छ । सभा गर्नको लागि यस कम्पनीले कात्तिक १४ बुक क्लोज गर्नेछ । कात्तिक १३ गतेसम्म कायम सेयरधनी लाभांश पाउनेछन् ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी