काठमाडौं । आर्थिक वर्ष २०७७/७८ मा दूरसञ्चार सेवा प्रदायक कम्पनी एनसेलले विभिन्न शीर्षकमा सरकारलाई झन्डै करिब २७ अर्ब रुपैयाँ राजस्व बुझाएको छ । सरकारी स्वामित्वको नेपाल टेलिकमलाई पछि पर्दै एनसेलले गत वर्ष २६ अर्ब ९६ करोड रुपैयाँ राजस्व सरकारलाई बुझाएको हो । सोही अवधिमा टेलिकमले भने १२ अर्ब ५८ करोड रुपैयाँ राजस्व सरकारलाई बुझाएको छ ।
आर्थिक वर्ष २०७७/७८ मा एनसेलले दूरसञ्चार सेवा शुल्कबापत चार अर्ब ६९ करोड, मूल्य अभिवृद्धि कर (भ्याट) पाँच अर्ब ५१ करोड, रोयल्टीबापत दुई अर्ब २१ करोड, अन्य कर/महसुलबापत १२ अर्ब ९६ करोड रुपैयाँ तथा फ्रिक्वेन्सी रकमबापत एक अर्ब ५९ करोड रुपैयाँ सरकारलाई बुझाएको नेपाल दूरसञ्चार प्राधिकरणले जनाएको छ ।
प्राधिकरणका अनुसार सोही अवधिमा टेलिकमले दूरसञ्चार सेवा शुल्कबापत तीन अर्ब ७४ करोड, मूल्य अभिवृद्धि कर बापत तीन अर्ब एक करोड, अन्य कर/महसुलबापत चार अर्ब १० करोड, स्वामित्व करबापत ५९ लाख तथा फ्रिक्वेन्सी रकमबापत एक अर्ब ७१ करोड रुपैयाँ भुक्तानी गरेको जनाएको छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper







प्रतिक्रिया दिनुहोस्