काठमाडौँ । सर्वोत्तम सिमेन्टको गोल्डेन सेयर प्रकरणमा बर्खास्तीमा परेका नेपाल धितोपत्र बोर्डका अध्यक्ष भिष्मराज ढुंगानाले सर्वोच्च अदालतमा मुद्दा दायर गरेका छन् । उनले आफुलाई सरकारले गैर कानुनी रुपमा हटाएको भन्दै आज आइतबार सर्वोच्च अदालतमा रिट दायर गरेका हुन् । आफुले गैरकानुनी काम नगरेको दाबी गर्दै पुनर्बहाली गर्ने आदेशको मागदाबी गर्दै ढुंगाना सर्वोच्च पुगेका हुन् ।
उनले नेपाल सरकार मन्त्रिपरिषद प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय सिंहदरवारलाई विपक्षीबनाएर अदालतमा रिट दायर गरेका छन् । असोज १९ गते बसेको मन्त्रिपरिषद्को बैठकले उनलाई बोर्डको अध्यक्ष पदबाट बर्खास्त गरेको थियो ।