×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

कुमारी बैंक र रोडीयो क्याफे एण्ड बार प्राइभेट लिमिटेडबीच सहकार्य, आउटलेट तथा खानपिनमा आकर्षक छुट पाईने

LAXMI SUNRISE BANK
GLOBAL IME BANK

कुमारी बैंक र रोडीयो क्याफे एण्ड बार प्राइभेट लिमिटेडबीच सहकार्य, आउटलेट तथा खानपिनमा आकर्षक छुट पाईने

८ कार्तिक २०७८, सोमबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं । कुमारी बैंक लिमिटेड र खुसिबू, काठमाडौंस्थित रोडीयो क्याफ एण्ड बार प्राइभेट लिमिटेडबीच आफ्ना ग्राहकवर्गलाई सेवाहरुमा कुमारी बैंकका डेबिट/क्रेडिट कार्डबाट भुक्तानी गर्दा विशेष छुट प्रदान गर्ने सम्बन्धी सम्झौता भएको छ । कुमारी बैंकका मार्केटिंग प्रमुख नवीन मुनि बज्राचायज्यू र रोडीयो क्याफ एण्ड बार प्राइभेट लिमिटेडका निर्देशक सुचित्रा महर्जनज्यूले हस्ताक्षर गरेका हुन् । सो सम्झौता बमोजिम कुमारी बैंकका ग्राहकवर्गले खुसिबस्थित रोेडीयो क्याफ एण्ड बार प्राइभेट लिमिटेडका विभिन्न आउटलेट तथा खानपिनमा १०% सम्मको आकर्षक छुट प्राप्त गर्न सक्नेछन् ।

जिन्दगीको निरन्तर भागदौडमा थकित तन र मनलाई सक्रियशील राख्न लगायत शारीरिक स्फूर्ति एवं मानसिक उर्जा र सचेतना पूर्णजागरणका लागी विश्राम अत्यावश्यक रहेको छ । सोही कुरालाई मध्यनजर गर्दै, कुमारी बैंकले आफ्ना ग्राहकहरूलाई यस सहकार्यमार्फत रोडीया क्याफ एण्ड बार प्राइभेट लिमिटेडका विभिन्न सेवाहरुमा बैंकका डेबिट/क्रेडिट कार्ड ग्राहकवर्गलार्ई आकर्षक छुटको व्यवस्था गरेको हो ।
कुमारी बैंकले आफ्ना देशव्यापी १९६ शाखा सञ्जाल, १७३ एटिएम, ३३ शाखारहित बैंकिङ ईकाई तथा १४ एक्सटेनसन काउन्टरबाट अत्याधुनिक बैंकि सुविधाहरु दिँदै आएकोे र आगामी दिनहरुमा अझ सरल, सुलभ तथा उत्कृष्ट सेवाका निमित्त सहकार्यहरु गर्दै जाने प्रतिबद्धता जनाएको छ ।

 

CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी