×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

लस्कर फुडसले ल्यायो ’कोर्पोरेट लन्च अफर’, खाना मगाउँदा २५ प्रतिशतसम्मको छुट

LAXMI SUNRISE BANK
GLOBAL IME BANK

लस्कर फुडसले ल्यायो ’कोर्पोरेट लन्च अफर’, खाना मगाउँदा २५ प्रतिशतसम्मको छुट

८ कार्तिक २०७८, सोमबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं । अनलाइन फुड डेलिभरी प्लेटफर्म लस्कर फुड्सले आकर्षक ’कोर्पोरेट लन्च अफर’ ल्याएको छ । लस्कर फुड्स अनलाइनबाटै खानेकुरा अर्डर गर्न सकिने प्लेटफर्म हो । ग्राहकले चाहेको खानेकुरा सजिलैसँग घरघर/कार्यालयमा पुर्याउने लक्ष्य लस्कर फुड्सले लिएको छ । लस्कर फूड्सले हाइजेनिक किचेनको अबधारणालाई अघि सारेर कोर्पोरेट लन्च अफर ल्याएको हो । काठमाडौं उपत्यकाका कार्यालय अफिसलाई मध्यनजर गरी समयमा सस्तो मिठो हाइजेनिक खाजा खुवाउने लक्ष्य लस्कर फुडसले लिएको कम्पनीका प्रमुख कार्यकरी अधिकृत सुमन ओस्तीले बताए । लस्कर फुडस यस अफर सँगै, अरु बिभिन्न अफर समेत ल्याएको छ । हाललाई खाना खाजा अर्डर गर्दा २५ प्रतिशत छुट पाउने लस्कर फुडसले जनाएको छ ।

लस्कर फुडसले बिभिन्न समयमा अन्लाइन फुड प्रतियोगिता समेतको आयोजना गरेको थियो । लस्कर फुड्सको प्रमुख आकर्शननै गुणस्तरीय खानेकुरा अनलाइन मार्फत घरघर अफिसमै उपलब्ध गराउने लक्ष्य रहेको छ । तोकेको समय सीमाभित्रै अर्डर गरिएका खानेकुरा डेलिभरी गर्नुनै लस्कर फुड्सको प्रमुख उद्देश्य हो । काठमाडौं उपत्यकाबासी व्यस्त हुने र अनलाइन इ-कर्मस, फुड डेलिभरीप्रति आम नागरिकहरुको आकर्षण बढ्दै गएपछी लस्कर फुडसले कोर्पोरेट लन्च अफर अघि सारेको हो । बजारमा दर्जनौं फुड डेलिभरी प्लेटफर्म रहे पनि लस्कर फुड्स तिनीहरुभन्दा भिन्न रहेको लस्कर फुडसका प्रमुख कार्यकरी अधिकृत ओस्तीको दाबी छ ।

प्रभु-पे, इसेवा, खल्तीका साथै क्यास अन डेलिभरीबाट विल तिर्न मिल्ने ब्यबस्था रहेको छ । ठमेल पकनाजोलस्थित रहेको लस्कर फुड्सको कार्यालयमा सिधैं फोन गरेर ०११-४७००५५४/ ४७००५५३ , ९८८६५३८२६० कोर्पोरेट लन्च अफरको बारेमा बुज्न सकिने प्रमुख कार्यकरी अधिकृत ओस्ती बताउछन । लस्कर फुडस अनुप्रयोग (एप) बाट आफूलाई मन पर्ने खाना खाजा मगाउन पनि सकिने प्रमुख कार्यकारी अधिकृत ओस्तीले बताएका छन् ।

CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी