काठमाडौं । थापाथलीस्थित नर्भिक इन्टरनेशनल हस्पिटलले आफ्नो सेवा र संरचनालाई समयअनुकुल स्तरीय बनाउँदै लैजाने रणनीतिअनुसार आइपीडी(इन प्यासेन्ट डिपार्टमेन्ट)लाई स्तरोन्नति गर्दै अझ स्तरीय बनाएको छ । ओपिडीबाट सुरु भएको नर्भिकको स्तरोन्नति गर्ने काम अझै जारी छ । यो क्रममा आइपीडीलाई अझ स्तरीय र आधुनिक बनाइएको हो । गत फागुन ९ गतेदेखि नर्भिकले आधुनिक र पूर्ण डिजीटाइज्ड ओपिडी संचालनमा ल्याएको थियो । सोहीबेला भएको घोषणाअनुसार अस्पतालका अन्य युनिटहरुको समेत स्तरोन्नति गर्ने क्रममा आइपिडीलाई पनि आधुनिक बनाइएको हो ।
योसँगै अब नर्भिकको आइपीडीमा भिजिट गर्ने बिरामी, तिनका आफन्त र सर्वसाधारणले अन्य अस्पतालभन्दा फरक अनुभूति गर्नेछन् । नर्भिकले आइपिडीका सबै संरचनाहरुमा आमूल स्तरोन्नति गर्दै विश्वस्तरीय बनाएको हो । पुनःनिर्माण गरिएको आइपीडीमा बिरामी, तिनका आफन्त र सर्वसाधारणको सहजता र सुविधालाई विशेष ध्यानमा राखिएको छ । स्तरीय सुविधाहरुलाई थप गरिएको छ भने प्रतिक्षालयदेखि बेडहरुलाई समेत पहिलाभन्दा स्तरीय बनाइएको छ । आइपीडीका सबै कोठाहरु आधुनिक साजसज्जाले सजाइएको छ । पूर्ण रुपमा विश्वस्तरीय, बिरामीमैत्री र बिरामीका कुरुवा तथा भिजिटरहरुलाई समेत सहज हुने हिसाबले पुननिर्माण गरी स्तरोन्नति गरिएको नर्भिक अस्पतालका प्रमुख कार्यकारी अधिकृत अजयकुमार मिश्रले जानकारी दिए ।
मिश्रकाअनुसार नर्भिकले आफ्नो सम्पूर्ण सेवालाई पूर्ण रुपमा डिजीटाइज्ड गरी अत्याधुनिक बनाउने कामको ओपिडीबाट सुरुवात गरेको थियो । त्यसकै निरन्तरताको रुपमा आइपीडी समेत पुननिर्माण भएको हो । अत्याधुनिक आइपिडीमा आधुनिक लुक्सको साथमा पहिलाभन्दा अझ स्तरीय सेवा, स्मार्ट स्वास्थ्यकर्मी तथा कर्मचारीहरुको व्यवस्था गरिएको छ । अस्पतालमा बिरामीले पैसा तिरेपछि सोहीअनुसारको सेवा पाउन सकून् भन्ने उद्देश्यले नर्भिकको सेवालाई अत्याधुनिक बनाउने अभियान थालिएको उनले जानकारी दिए ।
‘अस्पताल हाताभित्र पुग्दा दुर्गन्ध आउने, मानिसहरुको अव्यवस्थित भीडभाड देखिने परम्परावादी दृश्यहरु कसैले देख्न नपरोस् भन्ने हाम्रो उद्देश्य हो ।’ मिश्रले भने-‘यही उद्देश्यले हामीले कोरोना संक्रमणका कारण चौपट बनेको विजिनेश लयमा फर्किन मुश्किल परिरहेको अवस्थामा समेत बिरामीको हितलाई सर्वोपरि मान्दै ठूलो लगानी थपेर यो काम गरेका हौं ।’नर्भिकले हालसम्म ओपिडी र आइपिडीको विश्वस्तरीय रुपमा पुननिर्माण र डिजीटाइज्ड गरे पनि यो अभियान जारी राख्ने र अन्य विभाग तथा सम्पूर्ण अस्पताललाई नै यही ढंगले परिवर्तन गरी सेवालाई पूर्ण आधुनिक, समयसापेक्ष र डिजीटाइज्ड बनाउने योजना बनाएको छ ।