×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

मुक्तिनाथ क्यापिटलले १०० प्रतिशत हकप्रद निष्कासन गर्ने, प्रस्ताव पारित गर्न कात्तिक २३ गते विशेष साधारणसभा आह्वान

LAXMI SUNRISE BANK
GLOBAL IME BANK

मुक्तिनाथ क्यापिटलले १०० प्रतिशत हकप्रद निष्कासन गर्ने, प्रस्ताव पारित गर्न कात्तिक २३ गते विशेष साधारणसभा आह्वान

Artha Sarokar

९ कार्तिक २०७८, मंगलवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं । मुक्तिनाथ क्यापिटलले कात्तिक २३ गते विशेष साधारणसभा आह्वान गरेको छ । कम्पनीले सभा मुक्तिनाथ विकास बैंकको प्रमुख कार्यालय काठमाडौं प्लाजा कमलादीमा बिहान ११ बजे आह्वान गरेको हो ।
कम्पनीले सो सभामा हाल कायम चुक्ता पूँजीबाट १००% हकप्रद निष्कासन गर्ने विशेष एजेन्डा पेश गरिने जनाएको छ । साथै सभामा कम्पनीको अधिकृत, जारी तथा चुक्ता पूँजी वृद्धि गर्ने प्रस्ताव पनि छ । सभामा प्रबन्धपत्र संशोधन गर्ने पनि अर्को एजेन्डा रहेको कम्पनीले जनाएको छ ।
यता प्रबन्धपत्रमा प्रस्तावित संशोधनको सम्बन्धमा नियमनकारी निकायबाट थपघट, परिवर्तन वा संशोधनको निर्देशन भएमा सोही बमोजिम थपघट गर्नेलगायतका विषयमा छलफल हुनेछ ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी