काठमाडौं । नेपाल धितोपत्र बोर्डले लगानीकर्ताको बैंक खातामा नगद लाभांश पठाउँदा कम्पनीको नाम, आर्थिक वर्ष, दरलगायतका कुरा खुलाएर पठाउन सूचीकृत कम्पनीहरुलाई निर्देशन दिएको छ । बोर्डले एक विज्ञप्ति जारी गर्दै यस्तो निर्देशन दिएको हो । बोर्डमा कुन कम्पनीको लाभांश भन्ने कुरा नै नखुलेको गुनासो आएपछि लगानीकर्ताको बैंक खातामा नगद लाभांश पठाउँदा कम्पनीको नाम, आर्थिक वर्ष, दरलगायतका कुरा स्पष्ट खुलाएर पठाउन सूचीकृत कम्पनीहरुलाई निर्देशन दिईएको हो ।
विज्ञप्तिमा ‘सूचीकृत कम्पनीले आफ्ना सेयरधनीहरूलाई प्रदान गरेको नगद लाभांश सेयरधनीको बैंक खातामा आफैँ जम्मा गर्दा र आफ्नो सेयर रजिष्ट्रारमार्फत बैंक खातामा जम्मा गराउँदा बैंक स्टेटमेन्टमा उक्त सेयर रजिष्ट्रार (क्यापिटल) को नाम मात्र आउने गरेकाले कुन कम्पनीको लाभांश हो, कुन आर्थिक वर्षको कुन दरको लाभांस हो स्पष्ट हुन नसकेको र हिसाब किताब राख्न सहज नभएकोलगायतका व्यहोराको गुनासो बोर्डमा आउने गरेको छ ।’ उल्लेख छ ।
‘आफै वा आफ्नो सेयर रजिष्ट्रारमार्फत सेयरधनीको बैंक खातामा नगद लाभांश भुक्तानी गर्दा स्पष्ट रुपमा कम्पनीको नाम, आर्थिक वर्ष र लाभांश दर खुल्ने गरी पठाउनुपर्नेछ ।’ जारी विज्ञप्तिमा भनिएको छ ‘यस कार्यलाई सहजीकरण गर्न नेपाल क्लियरिङ्ग हाउसले हालै तोकिदिएको ढाँचामा (२८ सेप्टेम्बर, २०२१) अनिवार्य रूपमा सूचित गर्नुपर्ने विषयहरू स्पष्ट रूपमा खुलाई पठाउने व्यवस्था गर्नहुन निर्णयानुसार अनुरोध गर्दछु। ‘

Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page







प्रतिक्रिया दिनुहोस्