Skip to content
LAXMI SUNRISE BANK

मंगलबारको बजार अपडेट : यी हुन् मंगलबार सर्वाधिक सेयर कारोबार भएका दश कम्पनी

अर्थ सरोकार

काठमाडौं । साताको कारोबारको तेस्रो दिन मंगलबार नेप्से परिसूचक बढेको छ । सोमबारको तुलनामा नेप्से परिसूचक ७८.८२ अंकले बढेर २७५१.०७ बिन्दुमा पुगेको हो । नेपाल स्टक एक्सचेन्ज (नेप्से) का अनुसार मंगलबार कुल २२७ कम्पनीको १ करोड १४ लाख ८६ हजार १२३ कित्ता सेयर खरिद बिक्री हुँदा ६ अर्ब ३१ करोडमाथिको कारोबार भएको छ । आज सबैभन्दा बढी कारोबार कामना सेवा विकास बैंकको भएको छ । यस कम्पनीको ४४ करोड ७४ लाख ५७ हजार ७४६ रुपैयाँ बराबरको सेयर कारोबार भएको हो । आज सबै उपसमूहका उप-परिसूचक बढेका छन् ।

यसैबीच मंगलबारको बजारमा सबैभन्दा बढी कारोबार कामना सेवा विकास बैंकको भएको छ । यस कम्पनीको ४४ करोड ७४ लाख ५७ हजार ७४६ रुपैयाँ बराबरको सेयर कारोबार भएको हो । यस अलावा नबिल बैंक, एनआइसी एशिया बैंक, अरुण भ्याली हाईड्रोपावर कम्पनी, अपि पावर कम्पनी, नेशनल हाईड्रोपावर डेभलपमेन्ट कम्पनी, हिमालयन डिस्टिलरी, महालक्ष्मी विकास बैंक, रिडी हाईड्रोपावर डेभलपमेन्ट कम्पनी, लुम्बिनी विकास बैंकको पनि अत्याधिक कारोबार भएको छ । हेर्नुहोस् मंगलबार सेयर बजारमा सर्वाधिक कारोबार हुने कम्पनीहरुको सूचीः

यसैगरी मंगलबारको सेयर बजारमा माउन्टेन हाईड्रो नेपाल, चन्द्रागिरी हिल्स्, राधी विद्युत कम्पनीलगायत अन्य ७ कम्पनीका लगानीकर्ताले मनग्य पैसा छापेका छन् । यी ७ कम्पनीको सेयर मूल्यमा पोजेटिभ सर्किट लागेको हो । यस अलावा नेपाल हाईड्रो डेपलोपर्स, बरुण हाईड्रोपावर, सिनर्जी पावर डेभलपमेन्टलगायतका कम्पनीका लगानीकर्ता पनि मालामाल भएका छन् । हेर्नुहोस् मंगलबार सबैभन्दा बढी नाफा गर्ने कम्पनीहरुको सूचीः  

यस्तै मंगलबारको सेयर बजारमा साना किसान लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताले सबैभन्दा बढी गुमाएका छन् । यस कम्पनीको सेयर मूल्य २ प्रतिशतले घटेको हो । साना किसानको सेयरमा यस्तो गिरावट आउँदा १०% सानिमा बैंकको डिबेन्चर, १०.५ %नेपाल इन्भेष्टमेन्ट डिबेन्चर २०८२, सिटिजन्स म्युचअल फण्ड-१, रेर्याङ हाईड्रोपावर डेभलपमेन्ट कम्पनी, कालिका माइक्रोक्रेडिट डेभलपमेन्ट बैंकलगायतका कम्पनीहरुको सेयर मूल्यमा पनि उच्च गिरावट देखिएको छ । हेर्नुहोस् मंगलबारको सेयर बजारमा सबैभन्दा बढी गुमाउने टप १० कम्पनीहरुको सूचीः

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK