घोराही–१५, भरतपुरका महिला तिहारका लागि सयपत्री फूलको माला उन्दै ।
धनुषाको क्षीरेश्वरनाथ नगरपालिकामा सुकाइएका माटोबाट निर्मित देयो, घडालगायत भाँडा । । नजिकिँदै गरेको तिहार र छठ पर्वमा माटाका सामग्री प्रयोग हुने भएकाले कुमालहरुलाई यति बेला भाँडा बनाउन भ्याइ नभ्याई भएको छ ।
लगााारको वर्षाले धानखेतिमा क्षति पुर्याएपछि वर्षा रोकिएको मौकामा थ्रेसर प्रयोगगरी धान निकाल्दै किसान।
पुर्नवास नगरपालिकाको सिमरीका महिला पूर्वमन्त्री एवं प्रतिनिधिसभाका सांसद बीना मगरसँग बेमौसमी वर्षाले धानबालीमा पुरयाएको क्षतिबारे दुखेसो पोख्दै ।
घोराही –१७ कर्जाहीमा व्यावसायिक रुपमा पालिएका कालिज । दाङमा कालिजपालन राम्रो हुँदै गएको किसान बताउँछन् ।
भक्तपुरको चाँगुनारायण नगरपालिका–८ स्थित बागेश्वरीमा सयपत्री फूल टिप्दै किसान ।
चार हजार २०० मिटर उचाइमा अवस्थित ताप्लेजुङको फक्ताङ्लुङ गाउँपालिका—७ स्थित मौवाटारका किसान याकलाई चरन क्षेत्रतर्फ लैजाँदै ।
कास्कीको पर्यटकीय गाउँ सिक्लेस । नेपालकै ठूलो गुरुङ गाउँका रुपमा परिचित यो गाउँ स्वदेशी एवम् विदेशी पर्यटकको आकर्षक गन्तव्य हो ।
कास्कीको माछापुच्छ्रे गाउँपालिका–७, धम्पुसमा पाक्दै गरेको कोदोबाली । पछिल्लो समय आमनागरिकको आकर्षण कोदोको ढिंडो, रोटीजस्ता परिकारमा बढदै गएको छ ।
हुम्लाबाट सुर्खेत, नेपालगञ्ज लगायतका शहरमा जान हवाई टिकट लिन टिकट काउन्टरमा लागेको यात्रुहरुको भिड । यहाँबाट नियमीत उडान नहुँदा सर्वसाधरणले टिकटका लागि सास्ति भोग्नुपरेको छ ।