Skip to content
LAXMI SUNRISE BANK

साधना लघुवित्तद्धारा ३ करोड २९ लाख नाफा कमाएको वित्तीय विवरण सार्वजनिक, प्रतिसेयर आम्दानीमा पनि आकर्षक वृद्धि

अर्थ सरोकार

काठमाडौं । साधना लघुवित्त वित्तीय संस्थाले वित्तीय विवरण सार्वजनिक गरेको छ । कम्पनीले चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्मको वित्तीय विवरण सार्वजनिक गरेको हो । यसअवधिमा खुद नाफा ८८.३९ प्रतिशतले बढेर ३ करोड २९ लाख ८ हजार रुपैयाँ पुगेको छ । अघिल्लो वर्षको यसैअवधिमा यसले १ करोड ७४ लाख ६८ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको थियो ।

यस्तैगरी कम्पनीको खुद ब्याज आम्दानी १३०.७२ प्रतिशतले बढेर ७ करोड २१ लाख ९८ हजार रुपैयाँ पुगेको छ । अघिल्लो वर्ष यसैअवधिमा यसले ३ करोड १२ लाख ९२ हजार रुपैयाँ खुद ब्याज आम्दानी आर्जन गरेको थियो । साथै सञ्चालन नाफा पनि ५८९.२७ प्रतिशतले बढेर ४ करोड ९३ लाख ३८ हजार रुपैयाँ पुगेको छ । अघिल्लो वर्ष यसैअवधिमा यसले ७१ लाख ५८ हजार रुपैयाँ सञ्चालन नाफा आर्जन गरेको थियो ।

कम्पनीको असोज मसान्तसम्म आइपुग्दा प्रतिसेयर आम्दानी १९ रुपैयाँ १४ पैसाले बढेर ५१ रुपैयाँ २२ पैसा पुगेको छ भने प्रतिसेयर नेटवर्थ १६३ रुपैयाँ १ पैसा छ र खराब कर्जा ०.९० प्रतिशतले बढेर १.६० प्रतिशत पुगेको छ ।

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK