काठमाडौं । साहस उर्जा कम्पनीको आइपीओ सेयरधनीको डिम्याट खातामा जम्मा भएको छ । कम्पनीको एसएएचएएस स्टककोडबाट बुधबारदेखि सेयरधनीको डिम्याट खातामा जम्मा भएको हो ।
कम्पनीको सेयर नेप्से तथा सिडिएससीमा सूचिकरण प्रक्रियामा रहेको छ । कम्पनीले भदौ ६ गतेदेखि १० गतेसम्म ७० करोड बराबरको कुल ७० लाख कित्ता आइपीओ निष्कासन गरेको थियो । कम्पनीले कुल कित्तामध्ये ३ प्रतिशत अर्थात् २ लाख १० हजार कित्ता सेयर कर्मचारीको लागि र ५ प्रतिशत अर्थात ३ लाख ५० हजार कित्ता सेयर सामुहिक लगानी कोषको लागि छुट्याएको छ । बाँकी रहेको ६४ लाख ४० हजार कित्ता सेयर सर्वसाधारणको लागि निष्कासन गरेको थियो ।
उक्त आइपीओ गत असोज १७ गते बाँडफाँड भएको थियो । जसमा ६ लाख ४४ हजार आवेदकले १० कित्ताका दरले सेयर पाएका थिए । कम्पनीले पहिलो कारोबारका लागि नेप्सेबाट ओपनिङ रेञ्ज १३५ रुपैयाँ ११ पैसादेखि ४०५ रुपैयाँ ३३ पैसासम्म पाउने देखिएको छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्