Skip to content
LAXMI SUNRISE BANK

अवरुद्ध भएको गाईघाट सानुभञ्ज्याङ कृषि सडक १० दिनपछि सञ्चालनमा, स्थानीयवासी खुसी

अर्थ सरोकार

तनहुँ । देवघाटको गाईघाट सानुभञ्ज्याङ कृषि सडक दस दिनपछि सञ्चालन आएको छ । सो सडक अन्तर्गत मान्द्रे पाखामा गत असोज ३१ मा पहिरा जाँदा अवरुद्ध भएको थियो । देवघाट गाउँपालिका–४ का युवाका सक्रियतामा पहिरो पन्छाउने काम सम्पन्न भएको थियो । उक्त सडक सञ्चालन आएपछि त्यहाँका स्थानीयवासी खुसी भएका छन् ।

सडक अवरुद्ध हुँदा स्थानीयवासीले सास्ती खेप्नु परेको थियो । सो सडक खण्डलाई सरकारले वैकल्पिक राजमार्गका रुपमा विकास गर्न लागेको छ । जिल्लाका देवघाट, ऋषिङ र घिरिङ गाउँपालिका र तीन प्रदेश छुने भएकाले सो सडकलाई वैकल्पिक राजमार्गका रुपमा विकास गर्न प्राथमिकता दिइएको हो । सो सडकले ३ नं प्रदेशको चितवन,४ नं प्रदेशको गण्डकी र प्रदेश नं ५ को पाल्पासम्म जोड्ने छ । -रासस

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK