Skip to content
LAXMI SUNRISE BANK

पर्फमेन्समा प्रश्न उब्जिएपछि नबिल छोड्दै सुजित शाक्य ?

अर्थ सरोकार

काठमाडौं । नबिल बैंक लिमिटेडका डेपुटी सीईओ सुजीत शाक्यले बैंक छाड्ने चर्चा सुरु भएको छ । बैंकको संचालक समितिमा उनको पर्फमेन्समा प्रश्न उब्जिएपछि उनी नबिल छाड्न लागेका चर्चा सुरु भएको हो ।शाक्य बैंक अफ काठमाण्डूमा प्रमुख कार्यकारी भएको जाने चर्चा चलेको छ । बिओकेको संचालक समितिले शाक्यालाई सीईओ बनाउन दुई चरण कुरा गरिसकेको बताइएको छ । बैंक अफ काठमाण्डू अहिले सीइओबिहिन छ ।
तर शाक्यले भने आफु कतै जान नलागेको र यो हल्लामा कुनै सत्यता नरहेको प्रष्ट पारेका छन् ।  अर्थ सरोकारसँग कुराकानी गर्दै उनले यस्तो बताएका हुन् ।  ‘म कतै जान लागेको होइन ।  बाहिर चलेको हल्लामा कुनै सत्यता छैन । ‘ उनले भने ।
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK