तिहार नजिकिँदै गर्दा सूर्यविनायक नगरपालिका–७ गुण्डुमा व्यावसायिक रुपमा गरिएको फूलखेतीमा मखमली फूल टिप्दै किसान ।
पोखरा– २२ पुम्दीभुम्दीस्थित विशाल शिवमूर्ति परिसरमा देखिएका पर्यटक । धार्मिक एवम् पर्यटकीय गन्तव्यको रुपमा विकसित उक्त स्थानमा पछिल्लो समय पर्यटकको आकर्षण बढेको छ ।
सप्तरीको खडक नगरपालिका– १० मा कात्तिक १ र २ मा आएको अविरल वर्षा र हावहुरीले क्षति पु¥याइएको केरा बगान । १५ बिघा क्षेत्रफलमा लगाएको केरा बगानमा तयारी हुन लागेको करीब तीन हजार ५०० घारी नष्ट भएको छ ।
महाकाली राजमार्गको बैतडीको दोगडाकेदार गाउँपालिका– ३ स्थित खिरेगाउँमा खाद्यान्न सामग्री बोकेका खच्चर । यहाँका ग्रामीण सडक अवरुद्ध हुँदा खच्चरमार्फत खाद्यान्न ढुवानी गरिन्छ ।
भक्तपुर योसीङख्योमा घर भित्र्याउन सुकाएको धान सफा गर्दै किसान ।
ताप्लेजुङको फुङ्लिङ नगरपालिका—९ सिद्धिडाँडा क्षेत्रमा टिपेर राखेको अलैँची सफा गर्दै वृद्धा ।
दाङको घोराही–१५, भरतपुरमा तिहारका लागि सयपत्री फूल टिप्दै महिला । एउटा मालाको रु ८० देखि १०० सम्ममा बिक्री हुने गरेको फूल व्यापारी बताउँछन् ।
बिक्रीका लागि माटोको भाँडा बनाउँदै धनगढीका एक कुमाले ।
म्याग्दीको धारापानीबाट देखिएको फूल र हिमालको मनमोहक दृश्य ।