×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

मिर्मिरे लघुवित्तले पहिलो त्रैमासमा नाफामा मार्यो आकर्षक छलाङ, अन्य सूचकहरुमा पनि लोभलाग्दो प्रगति (विवरणसहित)

LAXMI SUNRISE BANK
GLOBAL IME BANK

मिर्मिरे लघुवित्तले पहिलो त्रैमासमा नाफामा मार्यो आकर्षक छलाङ, अन्य सूचकहरुमा पनि लोभलाग्दो प्रगति (विवरणसहित)

Artha Sarokar

११ कार्तिक २०७८, बिहीबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं । मिर्मिरे लघुवित्त वित्तीय संस्थाले पहिलो त्रैमासको वित्तीय विवरण प्रकाशित गरेको छ । कम्पनीले चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्ममा १९३.३३% ले खुद नाफा बढाएको वित्तीय विवरण प्रकाशित गरेको हो । यस कम्पनीले असोज मसान्तसम्म ६ करोड ३७ लाख ६१ हजार रुपैयाँ खुद नाफा कमाएको हो ।
यता कम्पनीका अनुसार खुद ब्याज आम्दानी ११५.७१% ले बढ्दा सञ्चालन नाफामा पनि १९३.३३% को सुधार भएको छ । यस्तै रिजर्भ कोषमा पनि १७०.७६% थपिएपछि ४१ करोड रुपैयाँ भन्दा माथि पुगेको वित्तीय विवरणमा  उल्लेख छ ।
हाल कम्पनीको चुक्ता पूँजी ४३ करोड ५० लाख ७१ हजार रुपैयाँ रहेको छ भने प्रतिसेयर आम्दानी वार्षिक ५८ रुपैयाँ ६२ पैसा छ ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी