पाँचथर । बाढीले निबुखोलास्थित पुलमा क्षति पु¥याएपछि अवरुद्ध बनेको फिदिम–यासोक सडक बुधबारदेखि सञ्चालनमा आएको छ । तमोर कोरिडोरमा पर्ने पुल तीन दिन लगाएर पुष्पलाल लोकमार्ग आयोजना कार्यालय, फिदिमले मर्मत गरेपछि यातायात सञ्चालनमा आएको हो । उक्त पुल फिदिम नगरपालिका–४ र कुम्मायक गाउँपालिका–४ को सीमा निबुखोलामा रहेको छ । यही कात्तिक १ गतेदेखि परेको अविरल वर्षाका कारण खोलामा आएको बाढीले उक्त पुलमा क्षति पु¥याएको थियो ।
पुलको मूल संरचनामा क्षति नभएको तर जमिनतर्फको भाग बाढीले बगाउँदा यातायात अवरुद्ध भएको छ । बाढीले बगाएको भाग ढुङ्गा र माटो हालेर तत्कालका लागि यातायात सेवा सञ्चालन गरिएको लोकमार्ग आयोजना कार्यालयले जनाएको छ ।
कुम्मायक र तुम्बेवा गाउँपालिकासहित फाल्गुनन्द गाउँपालिकाका केही वडालाई सदरमुकामसम्म जोड्ने उक्त पुलमा क्षति हुँदा एक सातासम्म आवतजावत ठप्प भएको थियो । फिदिम–यासोक सडक सञ्चालनमा आए पनि उत्तरे–यासोक सडक तथा यासोक–मुलघाट सडक सञ्चालनमा आउन सकेको छैन ।
वर्षाका कारण जिल्लाका अधिकांश सडकमा क्षति पुगेको छ । वर्षाका कारण ठाउँठाउँमा पहिरा गएको छ । पहिराले अवरुद्ध मेची राजमार्ग एकतर्फीरुपमा सञ्चालनमा ल्याइएको छ । जिल्लामा बाढी र पहिराबाट ३१ जनाको ज्यान गएको छ । तीन जना बेपत्ता छन् । बाढी र पहिराले भौतिक संरचना, कृषि उपजलगायतमा क्षति पुगेको छ । आठवटै स्थानीय तहमार्फत बाढी र पहिराबाट भएको क्षतिको विवरण सङ्कलन भइरहेको जिल्ला प्रशासन कार्यालयले जनाएको छ । -रासस
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्