काठमाडौं । सरकारले नायव महालेखापरीक्षक महेश्वर काफ्ले र बामदेव अधिकारीको बढुवा गरेको छ । बिहिबार बसेको मन्त्रिपरिषद बैठकले कार्यसम्पादन तथा मुल्यांकनका आधारमा दुइ पद रिक्त रहेको उप–महालेखापरीक्षकमा नायव महालेखापरीक्षक काफ्ले र अधिकारीको बढुवा गर्ने निर्णय गरेको हो ।
मंगलबार लोक सेवा आयोगका अध्यक्ष माधवप्रसाद रेग्मीको अध्यक्षतामा सिंहदरबारमा बसेको बढुवा सिफारिस समितिको बैठकले कार्यसम्पादनका आधारमा बढुवाका लागि काफ्ले, अधिकारी र बिन्दु बिष्टको नाम सिफारिस गरेको थियो ।
यस्तै मन्त्रिपरिषद् बैठकले पहिलो नम्बरमा सिफारिस भएका काफ्ले र दोस्रो नम्बरमा सिफारिस भएका अधिकारीलाई बढुवा गर्ने निर्णय गरेको सरकारका प्रवक्ता ज्ञानेन्द्रबहादुर कार्कीले पत्रकार सम्मेलनमार्फत जानकारी दिएका हुन् ।