×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

मेरो माइक्रोफाइनान्सको ५ लाख ७१ हजार कित्ता संस्थापक समूहको सेयर बिक्री खुला, कस-कसले पाउँछन् आवेदन दिन ?

LAXMI SUNRISE BANK
GLOBAL IME BANK

मेरो माइक्रोफाइनान्सको ५ लाख ७१ हजार कित्ता संस्थापक समूहको सेयर बिक्री खुला, कस-कसले पाउँछन् आवेदन दिन ?

Artha Sarokar

१२ कार्तिक २०७८, शुक्रबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

ठमाडौं । मेरो माइक्रोफाइनान्स लघुवित्तले ५ लाख ७१ हजार ५९८ कित्ता संस्थापक समूहको सेयर लिलामीमा ल्याएको छ । कम्पनीले आज शुक्रबारदेखि सो सेयर लिलामीमा बिक्री खुला गरेको हो । लगानीकर्ताले यसमा न्यूनतम ४५० रुपैयाँ भाउ राखेर आवेदन दिन सक्नेछन् भने न्यूनतम मूल्य आधार मानेर सो वा सोभन्दा बढी मूल्य अंकित गरी बोलपत्र पेश गर्नुपर्नेछ ।
सो सेयर खरिदका लागि विद्यमान संस्थापकहरु वा जो कोही व्यक्ति, कम्पनी, संघ, संस्थाहरुले कात्तिक २३ गतेसम्म आवेदन दिन सक्नेछन् । लगानीकर्ताले न्यूनतम १००० कित्ता र अधिकतम सम्पूर्ण कित्ताका लागि पनि आवेदन दिन सक्नेछन् । लिलामीको बोलपत्र बिक्री प्रबन्धक एनएमबि क्यापिटल, नागपोखरी काठमाडौंमा बुझाउन सकिनेछ ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी