×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

नक्कली नोट छाप्दै गरेको अवस्थामा महोत्तरीबाट एक जना पक्राउ !

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISHHOME

नक्कली नोट छाप्दै गरेको अवस्थामा महोत्तरीबाट एक जना पक्राउ !

Artha Sarokar

१२ कार्तिक २०७८, शुक्रबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

जनकपुरधाम । प्रहरीले नेपाली तथा भारतीय रुपैयाँको नक्कली नोट छापेको आरोपमा एक जनालाई पक्राउ गरेको छ । महोत्तरीको गौशाला नगरपालिका-९ डुमरवाना घर भइ सोही नगरपालिकाको वडा-५ गौशाला बजारस्थित महावीर दासको घरमा कोठा लिएर बस्दै आएका ४४ बर्षीय सुकन महतोलाई प्रिन्टरमा रुपैयाँको नक्कली नोट छाप्दै स्टाम्प हान्दै गरेको अवस्थामा पक्राउ गरेको हो ।
उनलाई नक्कली बनाउन प्रयोग हुने उपकरणसहित विभिन्न दरका नेपाली र भारतीय नोट छापेको विशेष सूचनाको आधारमा पक्राउ गरिएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार उनको साथबाट तयारी तथा कटिङ नगरेको नक्कली विभिन्न दरको ८ लाख ८२ हजार ४ सय २० नेपाली नोट र विभिन्न दरको कटिङ गरिएको नक्कली २ लाख ७७ हजार ९ सय ७० भारतीय रुपैयाँ महतोको साथबाट बरामद गरेको गरिएको छ ।
साथै विभिन्न दरको नेपाली सक्कली नोट ५ हजार ७०, भारु २६ समेत बरामद भएको प्रहरीले जनाएको छ । यस्तै एक थान प्रिन्टर, नेपाली नोटमा प्रयोग भएको लालीगुराँसको छाप र भारुनोटमा प्रयोग हुने महात्मा गान्धी भएको फलामको ढ्याकसमेत बरामद गरिएको छ । उनमाथि लिइ थप अनुसन्धान भइरहेको छ ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी