Skip to content
LAXMI SUNRISE BANK

‘जनतालाई साथमा लिएर विकास निर्माणका कार्यलाई अगाडि बढाउन प्रतिबद्ध छौँ’ : ऊर्जामन्त्री भुसाल

अर्थ सरोकार

काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालले जनताको चाहनानुसार नै विकास निर्माणका कामलाई अगाडि बढाइने विश्वास दिलाउनुभएको छ । भौतिक तथा मानवीय विकास नै प्रमुख भएको बताउँदै उहाँले त्यसका लागि सम्पूर्ण जनताप्रति उत्तरदायी हुनुपर्नेमा जोड दिनुभयो ।

गोदावरी नगरपालिका-१२ र काठमाडौं मेडिकल कलेजले संयुक्तरूपमा आज आयोजना गरेको बृहत् निःशुल्क स्वास्थ्य शिविर शुभारम्भ गर्दै मन्त्री भुसालले भन्नुभयो, ‘आफूहरु जनतालाई साथमा लिएर विकास निर्माणका कार्यलाई अगाडि बढाउन प्रतिबद्ध छौँ ।’ उहाँले स्वास्थ, शिक्षा एवं पूर्वाधार विकासका लागि सरकार जनताप्रति प्रतिबद्ध रहेको र जनताको इच्छाविपरीत कुनै काम नगर्ने जिकिर गर्नुभयो । जनताको भावनालाई पहिलो प्राथमिकतामा राखेर विकास निर्माणका काम अघि बढाउने विश्वास दिलाउँदै मन्त्री भुसालले भन्नुभयो, ‘सातदोबाटो-चापागाउँ सडक स्तरोन्नति गर्दा जनताको इन्छाअनुसार नै गरिएको हो ।’

ललितपुर जिल्ला स्वास्थ्य र शिक्षामा अग्रपङ्तिमा रहेको उल्लेख उहाँले गर्दै धनीवर्गका लागि महँगा अस्पताल र गरिब जनताले निःशुल्क स्वास्थ्य सेवा पनि पाउन सक्ने अवस्था रहेको बताउनुभयो । बागमती प्रदेश सदस्य राजकाजी महर्जनले स्वास्थ्य र शिक्षासहित ललितपुरको विकासका लागि आफूहरू प्रतिबद्ध रहेको बताउनुभयो । गोदावरीको वडा नं १२ स्थित लिटिलस्टार स्कुल परिसरमा आयोजना गरिएको शिविरमा त्यस भेगका जनताले स्वास्थ्य परीक्षण एवं उपचार गराएका छन् । -रासस

Royal Enfield
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK