काठमाडौं । सनराइज क्यापिटलको ११औँ वार्षिक साधारणसभा सम्पन्न भएको छ । कम्पनीको कार्यालय कमलपोखरी, काठमाडौंंमा सम्पन्न भएको सभाले आर्थिक वर्ष २०७७/०७८ को सञ्चालक समितिको प्रतिवेदन पारित गर्नुका साथै २०७८ आषाढ मसान्त सम्मको वासलात, नाफा नोक्सान हिसाब तथा नगद प्रवाह विवरण लगायतका वार्षिक वित्तीय विवरण उपर छलफल गरी पारित गरेको छ ।
यस्तै सभाले संचालक समितिले प्रस्ताव गरे बमोजिम चुक्ता पूँजीको ४० प्रतिशत (करसहित) का दरले हुन आउने रु.८ करोड नगद लाभांस वितरण गर्ने प्रस्ताव पारित गरेको छ भने २०७८/७९ को लागि लेखापरीक्षकको नियुक्ति र निजको पारीश्रमिक निर्धारण गर्ने, कम्पनीको प्रवन्धपत्र र नियमावलीमा संशोधन गर्ने प्रस्तावसमेत पारित भएको छ ।
संस्थाले आगामी वर्षहरुमा मर्चेन्ट बैकिङ्ग सम्बन्धि सम्पूर्ण सेवाहरु सर्वसुलभ तथा गुणस्तरिय ढंगले प्रदान गर्ने मुख्य उद्देश्यलाई रणनितिक रुपमा अगाडि बढाउँदै लगिने जनाएको छ । साथै यस क्यापिटलले हाल सन्राइज म्युचुअल फण्ड अन्तर्गत सन्राईज फस्र्ट म्युुचुअल फण्ड तथा सन्राइज ब्लुचिप फण्ड योजनाहरु संचालन गर्दै आईरहेको छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्