Skip to content
LAXMI SUNRISE BANK

देश बोल्ने फोटो कथा : म्याग्दीका किसानलाई कोदो टिप्ने चटारो, कोप-२६ मा सहभागी हुन प्रधानमन्त्री देउवा बेलायत प्रस्थान…!

अर्थ सरोकार

काठमाडौँ । देशभर विभिन्न घट्छन् । केहि सामान्य समाचारका विषय हुन्छन्, केहि समाचारले असामान्य कम्पन पैदा गरिदिन्छन् । केहि तस्विर फगत तस्विरमात्र हुन्छन् भने केहि तस्विरले देश बोल्दछन् । हामी हरेक दिन सातै प्रदेशका त्यस्ता तस्विरहरुलाई प्रकाशन गर्छौँ, जसले देश र जनताको आर्थिक स्थिति प्रतिनिधित्व गर्छ । समसामयिक विषयमा राज्यलाई खबरदारी गर्छ र जनताको जीवन बोल्छ ।

आज कुन कुन ठाउँमा के के भयो ? यी दृश्यहरु आफैं बोलिरहेछन् । आजको अंकमा हामीले म्याग्दीको पुलाचौरका किसानलाई कोदो बाली भित्र्याउन चटार भएकोदेखि प्रधानमन्त्री शेरबहादुर देउवाको नेतृत्वमा २० सदस्यीय प्रतिनिधिमण्डल संयुक्त राष्ट्रसङ्घीय संरचना महासन्धि (कोप–२६) को पक्षको २६औँ सम्मेलन अन्तगर्तको वल्र्ड लिडर समिटमा भाग लिन बेलायत प्रस्थान गरेकोसम्मका तस्विरलाई फोटोमा समेटेका छौं ।
 
हेरौं फोटो समाचार :

म्याग्दीको पुलाचौरका किसान बारीमा कोदो टिप्दै । कोदो बाली भित्र्याउन किसानलाई अहिले चटारो छ ।

प्रधानमन्त्री शेरबहादुर देउवा यही कात्तिक १५ र १६ (नोभेम्बर १ र २) मा संयुक्त अधिराज्यको ग्लास्गोमा हुने संयुक्त राष्ट्रसङ्घीय संरचना महासन्धि (कोप–२६) को पक्षको २६औँ सम्मेलनअन्र्तगतको वल्र्ड लिडर समिटमा भाग लिन नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै शुक्रबार त्यसतर्फ प्रस्थान गर्ने क्रममा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ।

म्याग्दीको टोड्केबाट देखिएको धवलागिरि हिमाल ।

चम्ल्याहा शिशु जन्माएकी पाल्पा, माथागडी– १ चिदीपानीकी २४ वर्षीया सीता सार्कीको परिवारलाई बिहीबार लायन्स क्लब अफ भैरहवा ग्रीन सिटीको तर्फबाट रु ४० हजार प्रदान गर्दै । सीताले चार शिशुको बुधबार दिउँसो जन्म दिएकी थिइन् ।

धवलागिरि आयुर्वेदिक औषधालय बागलुङको परिसरमा लगाइएको बहुगुणी जडिबुटी गुर्जो । औषधालयले गुर्जोबाट आयुर्वेदिक औषधि बनाउने गरेको छ ।

गत असार १ गतेको बाढीले पक्की पुलमा क्षति पु¥याएपछि मेलम्चीको इन्द्रावती नदीमा ह्युम पाईप राखेर बनाइएको बाटो ।

चाँगुनारायण नगरपालिकाले उपप्रमुख वीणा बाँस्तोलाको नेतृत्वको टोलीले शुक्रबा बजार अनुगमन गर्दै ।

चाँगुनारायण नगरपालिकाले उपप्रमुख वीणा बाँस्तोलाको नेतृत्वको टोलीले शुक्रबा बजार अनुगमन गर्दै ।

काभ्रेपलाञ्चोकको रोशी गाउँपालिका–११ जुगेपानीस्थित पौवामा रहेको दुग्ध विकास संस्थानको दुग्धपदार्थ उत्पादन तथा बिक्रीवितरण केन्द्रमा पनिर बनाउन तामाको भ्याटमा दूध उमाल्दै कर्मचारी । विसं २०२७ मा स्थापित केन्द्रमा दैनिक सहकारीमार्फत सङ्कलित करिब ८०० लिटर दूधबाट चिज, पनिर, मखन, नौनीलगायत दुग्धजन्य परिकार उत्पादन हुँदै आएको छ ।

म्याग्दीको पर्यटकीयस्थल टोड्केमा सञ्चालित टोड्केहिल रिसोर्ट र पृष्ठभूमिमा धौलागिरि हिमश्रृङ्खला ।

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK