Skip to content
LAXMI SUNRISE BANK

भारतको रक्सौलबाट अवैध रुपमा भित्रिएको चाँदीका गरगहनासहित एक जना प्रहरीको फन्दामा

अर्थ सरोकार

वीरगञ्ज । चाँदीका गरगहनासहित एक पक्राउ एक जना पक्राउ परेका छन् । भारतको रक्सौलबाट अवैधरुपमा वीरगञ्जतर्फ ल्याउँदै गरिएको चाँदीका गरगहनासहित वीरगञ्ज महानगरपालिका– १ का ३९ वर्षीय रामबाबु साह सोनारलाई प्रहरीले पक्राउ गरेको हो ।
चाँदी जस्तो देखिने धातुबाट बनेको तयारी गरगहना एक किलो ४५ ग्रामसहित भारतीय बीआर २२ एसी ४०९९ नंको पल्सर मोटरसाइकलमा सवार उनलाई प्रहरीले वीरगञ्ज महानगरपालिका–१७ अलौ सिर्सियाबाट पक्राउ गरी आवश्यक कानुनी कारवाहीका लागि राजस्व अनुसन्धान कार्यालय पथलैया पठाएको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक ओमप्रकाश खनालले जानकारी दिए ।
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK