×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

सांग्रिला डेभलपमेन्ट बैंक १८औं वर्षमा प्रवेश, देशभर साताव्यापी कार्यक्रमहरु सार्वजनिक गरी मनाए १७औं वार्षिकोत्सव

LAXMI SUNRISE BANK

सांग्रिला डेभलपमेन्ट बैंक १८औं वर्षमा प्रवेश, देशभर साताव्यापी कार्यक्रमहरु सार्वजनिक गरी मनाए १७औं वार्षिकोत्सव

१४ कार्तिक २०७८, आईतवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं । सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडले कार्तिक १३ गते आफ्नो १७औं वार्षिकोत्सव मनाई साताव्यापी कार्यक्रमको समापन गरेको छ । बैंकले आफ्नो १७औं वार्षिकोत्सवको अवसर पारेर देशभर साताव्यापी कार्यक्रमहरु सार्वजनिक गरेसँगै विभिन्न कार्यक्रम गरी वार्षिकोत्सव मनाएको हो । बैंकको उक्त वार्षिकोत्सव कार्यक्रममा बैंकका सञ्चालक समितिका अध्यक्ष तथा सञ्चालकहरु, प्रमुख कार्यकारी अधिकृत तथा अन्य कर्मचारीहरुको उपस्थिती रहेको थियो । सो कार्यक्रममा बैंकको तर्फबाट बैंकका अध्यक्ष अच्युत प्रसाद प्रसाईले स्वागत मन्तब्य व्यक्त गरेका थिए भने प्रमुख कार्यकारी अधिकृत सुयोग श्रेष्ठले आफ्नो मन्तब्य व्यक्त गरेका थिए ।

बैंकका प्रमुख सञ्चालन अधिकृत अपूर्व प्रसाद जोशीले सभाको समापन मन्तब्य व्यक्त गर्नुभई आजको कार्यक्रम समापनको घोषण गरेका थिए । बैंकले सोही दिन १००औं शाखाको रुपमा सुर्खेतस्थित यारीचोकमा शाखा कार्यालयमा सञ्चालनमा ल्याएको छ । त्यस्तै बैंकले संस्थागत सामाजिक उत्तरदायित्व वहन गर्ने सन्दर्भमा सोही दिन गैर सरकारी संस्था श्री इ-नेवल नेपाललाई कृत्रिम अंग वितरणका लागि बैंकका प्रमुख कार्यकारी अधिकृत सुयोग श्रेष्ठले रकम रु २ लाखको चेक हस्तान्तरण गरेका थिए । सांग्रिला डेभलमपेन्ट बैंक लिमिटेडको प्रांगणमा सम्पन्न १७औं वार्षिकोत्सवको अवसरमा बैंकमा १० वर्ष पूरा गरेका कर्मचारीहरुलाई सम्मान गरी कदरपत्र तथा तक्मा प्रदान गरिएको थियो ।

सांग्रिला डेभलपमेन्ट बैंकले वार्षिक उत्सवको अवसर पारेर देश भित्रै एक ठाउँबाट अर्को ठाउँमा सरल र सहज रुपमा रकम स्थानान्तरण गर्ने सुविधाको लागि सांग्रिला रेमिटको नामबाट आन्तरिक विप्रेशण सेवा समेत सञ्चालनमा ल्याएको छ । साग्रिला डेभलपमेन्ट बैकले आफ्ना ग्राहक वर्ग तथा शेयरधनीहरुको विश्वासले अलग्गै पहिचान बनाउन सफल भई आजको दिनमा आफ्नो कार्यकालको १७औं वार्षिकोत्सव उत्साहका साथ मनाउन सफल भएको छ । साथै अवका दिनमा समेत यस किसिमको विश्वासको अपेक्षा बैंकले राखेको छ ।

CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी