Skip to content
LAXMI SUNRISE BANK

नेप्सेको प्रमुख कार्यकारी अधिकृतका लागि दरखास्त आह्वान, कति चाहिन्छ शैक्षिक योग्यता ?

अर्थ सरोकार

काठमाडौं । सरकारले नेपाल स्टक एक्सचेञ्ज (नेप्से) को प्रमुख कार्यकारी अधिकृत (सीइओ) का लागि दरखास्त आह्वान गरेको छ । अर्थ मन्त्रालयले खुला प्रतिष्पर्धामार्फत सीईओ नियुक्तिका लागि सार्वजनिक सूचना जारी गरी दरखास्त आह्वान गरेको हो ।
योग्य आवेदकहरुलाई १५ दिनभित्र आवेदन दिन आह्वान गरिएको छ । तत्कालिन सीईओ चन्द्रसिंह साउदले सेयर खरिद विवादमा परेर राजीनामा दिएपछि नेप्से कार्यकारी प्रमुख विहिन बनेको थियो । संस्थाको सीइओ बन्न इच्छुक नेपालीले आफ्नो योग्यता पुग्ने कागजपत्रका साथै व्यावसायिक कार्ययोजनासमेत पेश गर्नुपर्नेछ।
उक्त पदका लागि बजार व्यवस्थापन, पूँजीबजार विकास, आर्थिक, वित्तीय, वाणिज्य व्यवस्थापन वा कानून क्षेत्रमा सात वर्ष काम गरेको अनुभव हुनु पर्नेछ। आवेदक ३० वर्ष पूरा भई ६० ननाघेको हुनुपर्ने सूचनामा उल्लेख छ। दरखास्त आवेदनसँगै ३ हजार रुपैयाँ दरखास्त दस्तुर तिर्नु पर्नेछ।
Royal Enfield
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK