×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

पहिलो त्रैमासमा कुमारी बैंकले कमायो ५४ करोड ११ लाख रुपैयाँ खुद नाफा, वितरणयोग्य नाफामा ३२६.९३% को बढोत्तरी

LAXMI SUNRISE BANK
GLOBAL IME BANK

पहिलो त्रैमासमा कुमारी बैंकले कमायो ५४ करोड ११ लाख रुपैयाँ खुद नाफा, वितरणयोग्य नाफामा ३२६.९३% को बढोत्तरी

Artha Sarokar

१४ कार्तिक २०७८, आईतवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं ।  कुमारी बैंक लिमिटेडले चालु आर्थिक वर्षको पहिलो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेको छ । बैंकले यस अवधिसम्म आउँदा ५४ करोड ११ लाख रुपैयाँ खुद नाफा कमाएको वित्तीय विवरण सार्वजनिक गरेको हो । जुन नाफा गत वर्षको सोही अवधिको तुलनामा १०.१९% ले कम हो ।
बैंकले खुद ब्याज आम्दानी २.१९% घटेको र सञ्चालन नाफा १०.५८% ले घटेको जनाएको छ । चालु आर्थिक वर्षको पहिलो त्रैमासमा बैंकको वितरणयोग्य नाफामा भने ३२६.९३% बढेको छ भने चुक्ता पूँजी १३ अर्ब ८७ करोड रुपैयाँ रहेको छ ।
यता यस अवधिमा बैंकको रिजर्भ कोषमा ३ अर्ब ९३ करोड रुपैयाँ रहेको वित्तीय विवरण उल्लेख छ । बैंकको प्रतिसेयर आम्दानी ३ रुपैयाँ ६५ पैसाले घटेर १५ रुपैयाँ ६ पैसामा सिमित भएको छ भने प्रतिसेयर नेटवर्थ १३८ रुपैयाँ ५६ पैसा छ ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी