×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

ग्राहकको हस्ताक्षर किर्ते गरी २७ लाख रुपैयाँ चोर्ने सेन्चुरी कमर्सियल बैंकका कर्मचारी पक्राउ (भिडियो रिपोर्ट)

PRIME CA

ग्राहकको हस्ताक्षर किर्ते गरी २७ लाख रुपैयाँ चोर्ने सेन्चुरी कमर्सियल बैंकका कर्मचारी पक्राउ (भिडियो रिपोर्ट)

१४ कार्तिक २०७८, आईतवार

पढ्न लाग्ने समय: < १ मिनेट

काठमाडौँ । ग्राहकको किर्ते हस्ताक्षर गरी ग्राहकको खाताबाट रकम निकालेको अभियोगमा सेन्चुरी कमर्सियल बैंक लिमिटेडका एक कर्मचारीलाई प्रहरीले पक्राउ गरेको छ । पार्वती बिष्टको खातामा रहेको रकम किर्ते हस्ताक्षर गरी विभिन्न समयमा गरेर २७ लाख रुपैयाँ झिकेका राईलाई अन्तत प्रहरीले पक्राउ गरेको हो । उनलाई प्रहरीले इटहरी ४ स्थत तुलसा टोलबाट पक्राउ गरेको हो ।
घटनाको तथ्य बाहिर आएपछि बैंकले उनलाई बर्खास्त गरेको थियो भने त्यसपछि उनी फरार थिए । तर अन्तत: प्रहरीले उनलाई पक्राउ गर्न सफल भएको छ । ३३ वर्षीय राईले सेन्चुरी कमर्सियल बैंक शाखा कार्यालय चतराको सहायक पदमा कार्यरत हुँदा ग्राहकको पैसा निकाली अपचलन गरेका थिए ।
पार्वती बिष्टको खातामा रहेको रकम किर्ते हस्ताक्षर गरी विभिन्न समयमा लाखौँ रकम चोरी गरेको पुष्टी भएपछी उनीविरुद्ध प्रहरीमा उजुरी परेको थियो । उजुरीपछि उच्च अदालत बिराटनगरले उनीविरुद्ध पक्राउ पूर्जी जारी गरेको थियो । तर पक्राउ पूर्जी जारी भएपछी उनी फरार थिए । यस प्रकरणमा थप अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ । हेर्नुहोस् भिडियो :

 

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: