काठमाडौं । समिट लघुवित्त वित्तीय संस्थाले चालु आर्थिक वर्षको पहिलो त्रैमासमा ३ करोड ९२ लाख ९५ हजार रुपैयाँ खुद नाफा कमाएको छ । कम्पनीले पहिलो त्रैमासको वित्तीय विवरण सार्वजनिक गर्दै सो नाफा कमाएको जनाएको हो । अघिल्लो वर्षको सोहि अवधिमा कम्पनीले २ लाख ७७ हजार रुपैयाँ मात्रै खुद नाफा कमाएको थियो ।
यता कम्पनीको खुद ब्याज आम्दानी २८५.९६% ले बढेको छ । जुन अघिल्लो वर्षको सोहि अवधिमा कम्पनीले २ करोड २२ लाख ५२ हजार रुपैयाँ खुद ब्याज आम्दानी गरेको थियो । यस्तै सञ्चालन नाफा ६ करोड २३ लाख ७४ हजार रुपैयाँ पुगेको छ । कम्पनीका अनुसार प्रतिसेयर आम्दानी ३९ रुपैयाँ ८८ पैसा र प्रतिसेयर नेटवर्थ १६६ रुपैयाँ ६७ पैसा रहेको छ ।