×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

मिर्मिरे लघुवित्त वित्तीय संस्थाद्धारा प्रथम त्रैमासिक समिक्षा गोष्ठी तथा क्षमता अभिबृद्धि तालिम सम्पन्न

LAXMI SUNRISE BANK

मिर्मिरे लघुवित्त वित्तीय संस्थाद्धारा प्रथम त्रैमासिक समिक्षा गोष्ठी तथा क्षमता अभिबृद्धि तालिम सम्पन्न

१५ कार्तिक २०७८, सोमबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

इटहरी । मिर्मिरे लघुवित्त वित्तीय संस्था लिमिटेडको क्षेत्रीय कार्यालय इटहरी मातहतमा रहेका ४१ वटा शाखा कार्यालयका प्रमुखहरु सहित प्रथम त्रैमासिक समिक्षा गोष्ठी तथा क्षमता अभिबृद्धि तालिम इटहरी स्थित पाथिभरा होटलमा सम्पन्न भएको छ । यहि कार्तिक १३ र १४ गते केन्द्रीय कार्यालयका सहायक कार्यकारी प्रमुख बिर्ख बहादुर बोहरा, मानव संशाधन विभाग प्रमुख लोमश भट्टराई तथा योजना, असुली, तालिम विभाग प्रमुख एवं इटहरी क्षेत्र प्रमुख राजेश श्रेष्ठले सहजिकरण गरेको २ दिने तालिममा आर्थिक वर्षको पहिलो त्रैमासमा राखिएको लक्ष्य र उपलब्धी तथा आगामी समयको लक्ष्यको बारेमा छलफल गरिएको थियो ।

बीमा साझेदार संस्था सुर्या लाइफ इन्स्योरेन्स प्रदेश नं. १ का प्रमुख तारा बहादुर दाहाल एवं इटहरी शाखा प्रमुख यज्ञराज खनाल सहितको उपस्थितिमा भएको कार्यक्रममा दाहालले सहभागिहरुलाई उत्प्रेरित गरेका थिए । इटहरी क्षेत्र मातहतका चार वटा ब्लक स्टेशन प्रमुखहरु दिपेश श्रेष्ठ, षडेन्द्र त्रिखत्री, बिरेन्द्र झा र तिलक साउदले सहभागिहरुलाई समिक्षा कार्यक्रम एवं समूहगत कार्यमा सहजिकरण गरेका थिए । समूहगत छलफलबाट हालैको समस्याहरुको पहिचान गरि उक्त समस्याको समाधानको लागि शाखा, ब्लक, क्षेत्र र केन्द्रले गर्नुपर्ने भूमिकाहरु पहिचान गरिएको थियो ।

त्यसैगरि संस्थाको बौनिया क्षेत्र अन्तर्गतका फिल्ड कर्मचारीहरुलाई पनि कार्य संचालन सीप अभिबृद्धि तथा गुणस्तर व्यवस्थापन तालिम यहि कार्तिक १२ र १३ गते प्याराडाइज होटल बौनिया कैलालीमा सम्पन्न भएको छ । संस्थाका अनुगमन विभाग प्रमुख वेद प्रसाद आचार्य को प्रमुख आतिथ्यमा भएको कार्यक्रममा आचार्यसंगै कर्जा विभाग प्रमुख स्वयम्भु श्रेष्ठ, प्रविधि विभागका मनिष श्रेष्ठले तालिमको सहजिकरण गरेका थिए । बौनिया क्षेत्रका निमित्त क्षेत्रीय प्रमुख सुरेश खड्काले संचालन गरेको उक्त कार्यक्रममा ४२ जना कर्मचारीहरुको उपस्थिति रहेको थियो ।

CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी