Skip to content
LAXMI SUNRISE BANK

सांग्रिला डेभलपमेन्ट बैंक : खूद नाफा ७२.७१ प्रतिशतले बढ्यो, संचालन मुनाफामा १४२.६३ प्रतिशतको छलाङ (विवरणसहित)

अर्थ सरोकार

काठमाडौं । चालु आर्थिक वर्षको पहिलो त्रैमासमा सांग्रिला डेभलपमेन्ट बैंकको खूद नाफामा ७२.७१ प्रतिशतको उछाल आएको छ । अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा बैंकको नाफामा उल्लेख्य बढोत्तरी भएको हो ।
अघिल्लो आर्थिक वर्षको पहिलो तीन महिनामा सांग्रिला बैंकले ३ करोड १५ लाख खूद नाफा आर्जन गरेकोमा त्यो बढेर चालु आर्थिक वर्षको पहिलो तीन महिनामा ५ करोड ४४ लाखको उचाईमा पुगेको हो । बंैकको संचालन मुनाफामा समेत उल्लेख्य बढोत्तरी भएको छ । अघिल्लो वर्षको पहिलो त्रैमासमा ३ करोड २० लाखमा सीमित यस्तो मुनाफा बढेर समीक्षा अवधिमा ७ करोड ७७ लाखको उचाई चुमेको हो । यसरी संचालन मुनाफातर्फ बैंकले अघिल्लो वर्षको तुलनामा १४२.६३ प्रतिशतको छलांग मारेको छ ।
व्यवसाय वृद्धिमा ध्यान दिएका कारण बैंकको खूद ब्याज आम्दानी पनि बढेको छ । जसअनुसार अघिल्लो वर्षको पहिलो तीन महिनासम्म २६ करोड ६४ लाखमा सीमित यस्तो आम्दानी बढेर यो वर्ष ३६ करोड ५० लाखको उचाईमा पुगेको छ । अघिल्लो वर्षसम्म ६५ करोड ९५ लाखमा सीमित रिजर्बको आकार बढेर ७४ करोड ३३ लाख पुगेको छ भने निक्षेप र कर्जातर्फ पनि बैंकको प्रगति भएको छ ।
अघिल्लो वर्षको पहिलो त्रैमाससम्म सांग्रिला बैंकले ३२ अर्ब बढी निक्षेप संकलन गरी २६ अर्ब ४१ करोड बढी कर्जा प्रवाह गरेको यो बैंकले समीक्षा अवधिमा ४७ अर्ब ४० करोड निक्षेप संकलन गरी ४१ अर्ब २८ करोड बढी कर्जा परिचालन गरेको छ । समीक्षा अवधिमा बैंकको वार्षिकीकृत प्रतिसेयर आम्दानी ७ रुपैयाँ ९६ पैसा कायम भएको छ । अघिल्लो वर्षको यही अवधिमा इपीएस ४ रुपैयाँ ८४ पैसामा सीमित रहेको थियो ।
समीक्षा अवधिसम्म बैंकको खराब कर्जा अनुपात १.६४ प्रतिशत, कस्ट अफ फण्ड ६.८५ प्रतिशत, सीडी रेसियो ८५.२४ प्रतिशत, बेस रेट ९.३४ प्रतिशत कायम भएको छ । समीक्षा अवधिसम्म बैंकको प्रतिसेयर नेटवर्थ रु.१३७.२४, पीई रेसियो ४९.७८ गुणा, तरलता अनुपात २१.७२ प्रतिशत र क्यापिटल एडेक्वेसी रेसियो १३.०४ प्रतिशत रहेको छ ।
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK