×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

एनआईसी एशिया बैंक र Transcash International बीच सम्झौता, सहज रुपमा रेमिट्यान्स रकम पठाउन सकिने

LAXMI SUNRISE BANK

एनआईसी एशिया बैंक र Transcash International बीच सम्झौता, सहज रुपमा रेमिट्यान्स रकम पठाउन सकिने

१५ कार्तिक २०७८, सोमबार

पढ्न लाग्ने समय: २ मिनेटभन्दा कम

काठमाडौं । विभिन्न मुलुकबाट नेपालको जुनसुकै स्थानमा रेमिट्यान्स रकम तुरुन्त पठाउन सकिने गरी एनआईसी एशिया बैंक र Transcash International (iPay) बीच व्यवसायिक सम्झौता भएको छ । उक्त सम्झौतापत्रमा यस बैंकका प्रमुख कार्यकारी अधिकृत रोशन कुमार न्यौपाने र ट्रान्सक्यास इन्टरनेशनलको तर्फबाट क्षेत्रिय निर्देशक आकृति लामिछानले हस्ताक्षर गरेका हुन् । मलेसिया, जापान, हङकङ, सिंगापुर, न्युजिल्याण्ड, अष्ट्रेलिया, दक्षिण कोरिया, अमेरिक, बेलायत र मध्यपूर्व (गल्फ) का विभिन्न देशहरुमा बस्दै आएका नेपालीहरूले अब बिना झन्झट iPay को एजेन्टहरु, मोबाइल एप तथा वेबसाइट मार्फत यस बैंक तथा नेपालका अन्य कुनै बैंक खातामा तुरुन्त रेमिट्यान्स रकम पठाउन सक्नेछन् । यस सुविधाका अलावा विदेशबाट आफुले इच्छाएको व्यक्तिको नाममा रेमिट्यान्स पठाई देशभर छरिएर रहेका यस बैंकका सम्पूर्ण शाखा तथा विस्तारित काउन्टरहरूका साथै १२ हजार भन्दा बढी रेमिट्यान्स एजेन्टहरूमार्फत सहज रुपमा नगद बुझन सकिने व्यवस्था समेत रहेको छ । यस व्यवसायिक सम्झौताबाट विदेशमा कमाएको रकम स्वदेशका सबै क्षेत्र, भेग, तह र तप्काका व्यक्तिहरूले बुझ्न सहज हुने बैंकले विश्वास लिएको छ ।

डिजिटल बैंकिङ्गलाई आत्मसात गर्दै आइरहेको यस बैंकले रेमिट्यान्स कारोबारलाई समेत डिजिटलमैत्री बनाउँदै लैजाने क्रममा आफ्ना ग्राहकहरुको सहजताका लागि मोबाइल बैंकिङ एपमा आन्तरिक रेमिट्यान्स पठाउने तथा रेमिट्यान्स प्राप्त गर्न मिल्ने नवीन सुविधाको सुरुवात गरेको छ । आन्तरिक रेमिट्यान्स पठाउने सुविधा अन्तर्गत जुनसुकै स्थानबाट, जुनसुकै समयमा ग्राहकहरूले आफ्नो NIC ASIA MoBank भित्र रहेको Send Remit आइकनमा ट्याप गरेपश्चात् रेमिट्यान्स पठाउन सक्नेछन् र यस माध्यमबाट पठाएको रकम देशभर रहेका यस बैंकका सम्पूर्ण शाखा तथा विस्तारित काउन्टरहरूका साथै रेमिट एजेन्टहरूबाट नगद रकम सहजै झिक्न सकिनेछ । त्यसैगरी Receive Remit सुविधा अन्तर्गत यस बैंकका ग्राहक महानुभावले आफ्नो नाममा आएको रेमिट्यान्स रकम यस बैंकको कुनैपनि शाखा तथा एजेन्टहरूमा भौतिक उपस्थिति बिनै NIC ASIA MoBank मा Receive Remit गरेर यस बैंकमा रहेको खातामा सोझै जम्मा गर्न सक्नेछन् ।

बैंकलाई आम जनमानसले गरेको प्रगाढ विश्वास, अगाध स्नेह र बैंकप्रतिको भरोसाले गर्दा यो बैंक मुलुकभर रहेका ३५६ शाखा कार्यालयहरू, ४७३ एटिएम, ७० वटा विस्तारित काउन्टर एवं ८१ वटा शाखा रहित बैंकिङमार्फत् बैंकिङ सेवा प्रदान गर्ने मुलुककै सबैभन्दा ठूलो शाखा सञ्जाल भएको बैंक हुन पुगेको छ । २७ लाख ३६ हजार भन्दा बढी निक्षेप खाता एवं ९१ हजार भन्दा बढी कर्जा खाता गरी २८ लाख २७ हजार भन्दा बढी खाताहरूमार्फत ग्राहकहरू माझ सञ्चालनमा रहेको यस बैंकका प्रमुख वित्तीय परिसूचकहरू अत्यन्त उत्साहप्रद रहेका छन् । देशको कुल जनसंख्यामध्ये २० वर्ष देखि ५० वर्ष उमेर समूहसम्मको आर्थिक रूपमा सक्रिय जनसंख्याको करिब २५% जनतालाई यस बैंकमार्फत सेवा दिन बैंक सफल भएको छ । उत्तरदायी बैंकिङको अभ्यास गर्दै आएको यस बैंकले प्रत्यक्ष र अप्रत्यक्ष गरी गत आर्थिक वर्षमा करिब रू.२ अर्ब ८३ करोड भन्दा बढी राजश्व नेपाल सरकारलाई भुक्तानी गरिसकेको छ । जुन मुलुकको वाणिज्य बैंकहरूमध्ये दोस्रो धेरै एवं समग्र देशको अन्य कम्पनीहरूको तुलनामा छैठौं ठूलो योगदान रहेको छ । वित्तीय समावेशीकरणका लागि मुगु, कालिकोट, बझाङ, रूकुम, जुम्ला, सल्यान जस्ता बैंक तथा वित्तीय संस्थाहरूको उपस्थिति न्यून रहेका दुर्गम जिल्लाहरूमा तथा कुनै पनि बैंक तथा वित्तीय संस्थाहरू नपुगेको ३४ भन्दा बढी स्थानीय निकायहरूमा शाखा विस्तार गरी सञ्चालन गर्दै आइरहेको छ । देशको कुल जनसंख्याको ८०% भन्दा बढी बसोबास गर्ने ग्रामीण तथा साना सहरी क्षेत्रमा बैंकले आफ्ना ७२% शाखा कार्यालयहरू स्थापना गरेको छ ।

CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी