×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

भायानेटको सेवा अब जनकपुर र बर्दिवासमा पनि, २४ शहरहरुमा गुणस्तरीय इन्टरनेट र टेलिभिजन सेवा प्रवाह गर्न सक्षम

LAXMI SUNRISE BANK
GLOBAL

भायानेटको सेवा अब जनकपुर र बर्दिवासमा पनि, २४ शहरहरुमा गुणस्तरीय इन्टरनेट र टेलिभिजन सेवा प्रवाह गर्न सक्षम

१५ कार्तिक २०७८, सोमबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

जनकपुर । नेपालभरि व्यावसायिक र व्यक्तिगत प्रयोजनका लागि उच्च गतिको इन्टरनेट कनेक्टिभिटी र टेलिभिजन सेवा प्र्रदायक भायानेट कम्युनिकेसन्स प्रा.लिले आफ्नो सेवा विस्तार गर्ने क्रममा अब जनकपुर र बर्दिवासमा एकसाथ सेवा सुचारु गरेको छ । यो सेवा विस्तारसँगैं कम्पनी अब देशका २४ शहरहरुमा गुणस्तरीय इन्टरनेट र टेलिभिजन सेवा प्रवाह गर्न सक्षम भएको छ । भायानेटले ग्राहकहरुका लागि विभिन्न प्रकारका योजनाहरु पनि समय समयमा संचालन गर्दै आएको छ । त्यस्तो योजनाबाट ग्राहकहरु लाभान्वीत हुन सक्नु हुनेछ र कम लागतमै गुणस्तरीय इन्टरनेटको सेवाको आनन्द उठाउन सक्नु हुनेछ । यसै सन्दर्भमा जनकपुर र बर्दिवासमा सेवा विस्तार भएको खुशीयाली बाँड्न भायनेटले १ वर्ष सब्सक्रिप्सन गर्ने ग्राहकहरुलाई ४ महिना तथा ३ महिना सब्सक्रिप्सन गर्ने ग्राहकहरुलाई २ महिना निःशुल्क इन्टरनेट सेवा प्रदान गर्ने र पहिलो १०० जना वार्षिक ग्राहकहरुलाई ४८ जिबी मोबाइल डाटा जगेडा भएको एनसेलको सिम कार्ड सित्तैंमा प्रदान गर्ने योजना अघि सारेको छ ।

भायनेटले नेपालमा पहिलो पटक फाइबर अप्टिक इन्टरनेट सेवा उपलब्ध गराएको थियो भने सन् २०१६ मा यसले नेपालमा पहिलो आइपि टिभी सेवा पनि शुभारम्भ गरेको थियो । तीव्र गतिको स्तरीय इन्टरनेट सेवा प्रदायकको रुपमा परिचित भायनेट ISO 9001:2015 प्रामाणिक कम्पनी पनि हो । भायनेटले आफ्ना ग्राहकहरुलाई विश्वस्तरीय गुणवत्ताको सेवा प्रदान गर्न विश्वका प्रमुख ब्राण्डहरु नोकिया, जुनिपर, सिस्को र सियना जस्ता अत्याधुनिक प्रविधिमैत्री ब्राण्डहरुसँग सहकार्य गरेर देशभर पछिल्लो अत्याधुनिक प्रविधिको ब्रोडब्याण्ड सेवा विस्तार गर्ने उद्देश्य राखेको छ । जनकपुर र बर्दिवासमा इन्टरनेट सेवा विस्तारका सम्बन्धमा जानकारी दिंदै कम्पनीका सिइओ सेवा पाठकले भन्नु भयो ‘हामी ग्राहकहरुलाई उच्चकोटी एवं उच्च क्षमताको Fast Speed को इन्टरनेट सेवाको आनन्द प्रदान गर्न दत्तचित्त छौं ।

हाम्रा प्राविधिकहरु हर हमेसा त्यही लक्ष्यमा समर्पित भएर कार्य सम्पादन गरिरहेका छन् । मलाई विश्वास छ, जनकपुर र बर्दिवासका ग्राहकहरुले अब बिना कुनै व्यवधान इन्टरनेट सेवा प्राप्त गरेर आफूहरुलाई सारा विश्वसँग जोड्न सफल हुनु हुनेछ ।’ आजको विश्व इन्टरनेटमा निर्भर रहेको छ । हाम्रो सम्पूर्ण दिनचर्याको अधिकाँश हिस्सा इन्टरनेटकै सेरोफेरोमा बित्ने गर्दछ । यदि यस्तो अवस्थामा इन्टरनेटको गति तीव्र नहुने र गुणस्तर कमजोर हुने हो भनें हामी समेत सुस्त हुन पुग्दछौं । यसैले भायानेटले अत्यधिक तीव्र गतिको उच्च गुणस्तरीय इन्टरनेट सेवा प्रवाह गरेर ग्राहकहरुलाई हरदम अगाडी बढ्न सहयोग पुर्याउँदै आएको छ । साथै विभिन्न सूचनामुलक, समाचारमुलक र मनोरन्जनात्मक टिभी च्यानलहरु समेत एउटै छानामुनी उपलब्ध गराएर ग्राहकहरुलाई थप सुविधा पनि प्रदान गर्दै आइरहेको छ । अतः आजै भायनेटको सेवा लिनु भई सधैं अद्यावधिक एवं सुसूचित र सुनिश्चित् रहनुहोस् ।

CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी