×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

नेपाल बंगलादेश बैंकद्वारा ४१ करोड १६ लाख रुपैयाँ खुद नाफा आर्जन, वितरणयोग्य नाफा ५१.७९% ले बढ्यो (विवरणसहित)

LAXMI SUNRISE BANK
GLOBAL IME BANK

नेपाल बंगलादेश बैंकद्वारा ४१ करोड १६ लाख रुपैयाँ खुद नाफा आर्जन, वितरणयोग्य नाफा ५१.७९% ले बढ्यो (विवरणसहित)

१५ कार्तिक २०७८, सोमबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं । नेपाल बंगलादेश बैंकले ४१ करोड १६ लाख रुपैयाँ नाफा कमाएको छ । बैंकले चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्मको विस्तृत विवरण सार्वजनिक गर्दै सो नाफा कमाएको जनाएको हो । जुन यो गत वर्षको भन्दा २७.९३% ले थोरै हो ।
यस्तै बैंकको खुद ब्याज आम्दानी र सञ्चालन नाफा क्रमशः २.२६% र २७.६६% ले घटेको छ । बैंकको वितरणयोग्य नाफा भने ५१.७९% ले बढेर ८ करोड ९४ लाख रुपैयाँ कायम भएको छ । यस अवधिसम्म आउँदा बैंकले निक्षेप संकलन १३.६१% र कर्जा लगानी भने २१.३६% ले बढाउन सफल भएको छ । यस्तै जगेडा कोषमा ५ अर्ब १९ करोड रुपैयाँ रहेको छ ।
असोज मसान्तसम्म आइपुदा बैंकको प्रतिसेयर आम्दानी ८ रुपैयाँ ५२ पैसाले घटेर १८ रुपैयाँ २९ पैसा कायम भएको छ । यसको प्रतिसेयर नेटवर्थ १७४ रुपैयाँ ९५ पैसा रहेको छ ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी