Skip to content
LAXMI SUNRISE BANK

एनआईबिएल सहभागिता फण्डद्धारा तिहार लक्षित चाँदिको सिक्का उपहार पाउने योजना सार्वजनिक

अर्थ सरोकार

काठमाडौं । एनआईबिएल म्युचुअल फण्ड अन्र्तगत संचालनमा रहेको एनआईबिएल सहभागिता फण्ड (खुलामुखी योजाना)ले यस वर्षको धनतेरसको पावन अवसरमा लगानीकर्ताहरुलाई नेपालकै पहिलो खुलामुखी योजाना एनआईबिएल सहभागिता फण्डमा लगानी गरी चाँदिको सिक्का उपहारमा पाउने अवसर ल्याएको छ । सो योजना अन्र्तगत धनतेरसको दिन एनआईबिएल सहभागिता फण्डमा लगानी गरेका योग्य सहभागिहरुबाट गोलाप्रथाद्वारा ५ जनालाई चाँदीको सिक्का उपहार प्रदान गरिनेछ र सो को विजेता घोषणा Facebook Live मार्फत गरिनेछ ।

अनलाईन प्रणालीबाट समेत इकाई खरिद गर्न मिल्ने यस फण्डले सो दिनको (कार्तिक १६, २०७८) लागी कारोबारको समय पनि ३ घण्टाले थप गरी बिहान १०ः०० बजे देखि अपरान्ह ०५ : ०० बजे सम्म इकाईहरु खरिद गर्न मिल्ने व्यवस्था मिलाईएको छ । थप जानकारीको लागि, एनआईबिएल एस क्यापिटल लिमिटेडको वेवसाईट www.niblcapital.com तथा मुख्य कार्यलय (फोन नम्बरः ०१४४२५२८०) मा सम्पर्क गर्न सकिनेछ ।

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK