×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

नवउद्यमी महिलालाई बिनाधितो पन्ध्र लाख ऋण सहयोग, तानसेन नगरपालिकाले गर्यो मुक्तिनाथ विकास बैंकसँग सम्झौता

LAXMI SUNRISE BANK
GLOBAL

नवउद्यमी महिलालाई बिनाधितो पन्ध्र लाख ऋण सहयोग, तानसेन नगरपालिकाले गर्यो मुक्तिनाथ विकास बैंकसँग सम्झौता

१६ कार्तिक २०७८, मंगलवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

रामपुर । तानसेन नगरपालिकाले नयाँ उद्यम गर्न चाहने महिलालाई बिनाधितो ऋण सहयोग दिने भएको छ । नगरपालिकाभित्रका महिलालाई व्यवसाय तथा विभिन्न उद्यम गर्न रु पन्ध्र लाख बराबरको ऋण सहयोग उपलब्ध गराइनेछ ।
नगरपालिकाले मुक्तिनाथ विकास बैंक पाल्पा शाखासँग सम्झौता गरेको छ । सो बैंकमार्फत उद्यम गर्ने चाहना भएका महिलालाई ऋण सहयोग उपलब्ध हुनेछ । आयआर्जन लिने गरी केही व्यवसाय गर्ने सोच बनाएका महिलालाई ऋण सहयोग गराउने कार्यक्रम ल्याएको नगरप्रमुख अशोककुमार शाहीले बताउनुभयो ।
बैंकले नगरपालिकाका सिफारिसमा ४ दशमलव ६४ प्रतिशत ब्याजदरमा बिनाधितो रु ५० हजारदेखि १५ लाखसम्म र धितो राखेर धितोको मूल्याङ्कनअनुसार ऋण प्रदान गर्ने बैंकका शाखा प्रबन्धक टेकराज ज्ञवालीले जानकारीदिनुभयो । नगरपालिकाबाट सिफारिस भएको १० दिनभित्रमा उद्यमीलाई ऋण उपलब्ध गराइनेछ । यसै महिनादेखि बिनाधितो ऋणका लागि तानसेन नगरपालिकाले बैंकलाई सिफारिस गरी पठाउनेछ । -रासस
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी