×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

राजस्व सङ्कलनमा आन्तरिक राजस्व कार्यालय बागलुङको प्रगति, लक्ष्य भन्दा ३३ प्रतिशत बढी राजस्व उठाउन सफल

PRIME CA

राजस्व सङ्कलनमा आन्तरिक राजस्व कार्यालय बागलुङको प्रगति, लक्ष्य भन्दा ३३ प्रतिशत बढी राजस्व उठाउन सफल

१६ कार्तिक २०७८, मंगलवार

पढ्न लाग्ने समय: < २ मिनेट

बागलुङ । आन्तरिक राजस्व कार्यालय बागलुङले आफ्नो लक्ष्य भन्दा बढी राजस्व सङ्कलन गर्न थालेको छ । कोरोना महामारी र निषेधाज्ञा नभएपछि बढेको व्यावसायिक क्रियाकलाप र सहज आउजाउको अवस्थाले राजस्व सङ्कलन सहज भएको राजस्व अधिकृत महेन्द्र नेपालले बताउनुभयो ।
‘‘धेरै जनामा आफ्नो कर समयमै तिर्नुपर्छ भन्ने मान्यताको विकास भएको छ’’, नेपालले भन्नुभयोे, ‘‘बाध्यात्मक अवस्था बाहेक कर समयमै उठ्ने गरेको छ ।’’ करदाता सेवा कार्यालयबाट स्तरोन्नति भएर आन्तरिक राजस्व कार्यालय बनेपछि बागलुङमा करदाता बढ्नुको साथै करको दायरा पनि फराकिलो बन्दै गएको छ ।
कार्यालयले गत असोज महिनामा मात्रै एक करोड ७० लाख आयकर सङ्कलन गर्ने लक्ष्य राखेको थियो । तर उक्त महिनामा तीन करोड ६८ लाख आयकर सङ्कलन भएको नेपालले जानकारी दिनुभयो । असोज महिनासम्म रु पाँच करोड ८३ लाख आयकर सङ्कलन गर्ने लक्ष्यमा १९९ प्रतिशत प्रगति गरेर ११ करोड ६१ लाख कर सङ्कलन गर्न सफल भएको हो ।
त्यस्तै घरबहाल कर तर्फ भने कर सङ्कलनमा कमी भएको छ । रु १४ लाख सङ्कलन गर्ने भनिएकोमा असोजमा तीन लाख ६५ हजार मात्रै सङ्कलन भएको छ । असोज मसान्तसम्ममा रु पाँच करोड ८६ लाख सङ्कलन गर्ने भनिएकोमा पनि सो पूरा नभइ तीन करोड नौ लाख मात्रै कर सङ्कलन भएको छ । भ्याटतर्फ २६ करोड सङ्कलन गर्ने भनिएकोमा ५६ प्रतिशत मात्रै पूरा भएको थियो ।
त्यसमा रु १४ करोड ९६ लाख मात्रै सङ्कलन भएको हो । असोज मसान्तसम्ममा भने लक्ष्य पूरा भएको छ । नौ करोड ३ लाख सङ्कलन गर्नेमा ९४ करोड ९१ लाख सङ्कलन गरेर १०५ प्रतिशत प्रगति गरेको नेपालले बताउनुभयो । त्यसबाहेक कार्यालयले अन्तशुल्क, शिक्षा तथा स्वास्थ्य करलगायत पनि सङ्कलन गर्ने गरेको छ ।
बागलुङमा भने चालू वर्ष शिक्षा स्वास्थ्य कर सङ्कलन भएको छैन । अन्तशुल्क तर्फ रु दुई करोड ६५ लाख लक्ष्य रहेको असोजमा तीन करोड ६६ लाख र असोज मसान्तसम्ममा रु आठ करोड ३८ लाखको लक्ष्यमा १८० प्रतिशत प्रगति गरेर रु १५ करोड १ लाख कर सङ्कलन भएको छ । सबै शीर्षकमा गरी असोज मसान्तसम्ममा १९ करोड २५ लाख कर सङ्कलन गर्ने लक्ष्यमा कार्यालयले १३३ प्रतिशत प्रगती गरेर २५ करोड ७१ लख ६५ हजार कर सङ्कलन गर्न सफल भएको हो ।
पोखरा पुगेर कर तिर्नुपर्ने बाध्यता हटेपछि मात्रै बागलुङसहित पर्वत र म्याग्दीमा करदाता बढ्दै गएका छन् । करदाताले स्वयं कर घोषणा गर्ने, कर तिर्ने र आफ्नो सम्पत्तिको विवरण चुस्त बनाएर राख्ने क्रम पनि सुरु भएको छ । अहिले बागलुङ कार्यालयमार्फत १७ हजार बढीले कर तिर्ने गरेका छन् । केही समयअघि कार्यालयले पर्वतमा पनि करदाता सेवा कार्यालय स्थापना गरेको छ ।
उक्त कार्यालयमार्फत पर्वतका कारदाताले कर तिर्ने गरेका छन् । सीमित जनशक्ती भए पनि करदाताले आफ्नो कर्तव्य सम्झेर कर तिर्ने लहर चल्न थालेपछि भने कार्यालयले हरेक वर्ष लक्ष्य भन्दा बढी कर सङ्कलन गरेर प्रगतिसमेत देखाउन थालेको छ । पछिल्लो समय कार्यालयबाट प्यान नम्बर लिने र रोजगार भएका र मजदूरी गर्नेले समेत आफ्नो कमाइको १ प्रतिशत कर तिर्न थालिसकेका छन् । नेपाल सरकारले ल्याएको प्यान नम्बरबाट राज्यलाई योगदान गर्ने नीतिले देशकै अर्थतन्त्रमा समेत सकारात्मक परिवर्तन आएको अधिकारीको भनाइ छ । -रासस
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: