काठमाडौं । साताको कारोबारको चौथो दिन बुधबार नेप्से परिसूचक बढेको छ । मंगलबारको तुलनामा नेप्से परिसूचक ५.२२ अंकले बढेर २८४८.८४ बिन्दुमा पुगेको हो । नेपाल स्टक एक्सचेन्ज (नेप्से) का अनुसार बुधबार कुल २२९ कम्पनीको ९९ लाख ९५ हजार ५२२ कित्ता सेयर खरिद बिक्री हुँदा ६ अर्ब ५५ करोडमाथिको कारोबार भएको छ । आज सबैभन्दा बढी कारोबार नबिल बैंकको भएको छ । यस कम्पनीको १ अर्ब १७ करोड ९७ लाख ८६ हजार १७९रुपैयाँ बराबरको सेयर कारोबार भएको हो । आज ५ उपसमूह बाहेक सबै उपसमूहका उप-परिसूचक बढेका छन् ।
यसैगरी बुधबारको सेयर बजारमा महालक्ष्मी विकास बैंकका लगानीकर्ताले मनग्य पैसा छापेका छन् । यस कम्पनीको सेयर मूल्यमा पोजेटिभ सर्किट लागेको हो । यस अलावा साहस उर्जा कम्पनी, आइसिएफसि फाइनान्स, अरुण काबेली पावर, एनआरएन इन्फ्राइस्टक्चर डेभलमेन्ट कम्पनी, मानुषि लघुवित्त वित्तीय संस्था, एनआइबिएल प्रगति फण्ड, अपि पावर कम्पनी, तेह्रथुम पावर कम्पनी, ग्रिन डेभलमेन्ट बैंकका लगानीकर्ता पनि मालामाल भएका छन् । हेर्नुहोस् बुधबार सबैभन्दा बढी नाफा गर्ने कम्पनीहरुको सूचीः

यस्तै बुधबारको सेयर बजारमा छ्याङदी हाइड्रोपावरका लगानीकर्ताले सबैभन्दा बढी गुमाएका छन् । यस कम्पनीको सेयर मूल्य ५ प्रतिशतभन्दा बढीले घटेको हो । छ्याङदीको सेयरमा यस्तो गिरावट आउँदा श्री इन्भेष्टमेन्ट फाइनान्स, यूनिलिभर नेपाल, ग्रिन लाइफ हाइड्रोपावर, सानिमा लार्ज क्याप फण्ड, यूनाइटेड मोदी हाइड्रोपावर कम्पनीलगायतका कम्पनीहरुको सेयर मूल्यमा पनि उच्च गिरावट देखिएको छ । हेर्नुहोस् बुधबारको सेयर बजारमा सबैभन्दा बढी गुमाउने टप १० कम्पनीहरुको सूचीः

यसैबीच बुधबारको बजारमा सबैभन्दा बढी कारोबार नबिल बैंकको भएको छ । यस कम्पनीको १ अर्ब १७ करोड ९७ लाख ८६ हजार १७९रुपैयाँ बराबरको सेयर कारोबार भएको हो । यस अलावा महालक्षमी विकास बैंक, अपि पावर कम्पनी, अरुण काबेली पावर, नेपाल पुनर्बिमा कम्पनी, अरुण भ्याली हाइड्रोपावर, यूनाइटेड मोदी हाइड्रोपावर, रिडि हाइड्रोपावर डेभलमेन्ट कम्पनी, ज्योति विकास बैंक, हिमालयन डिस्टिलरीको पनि अत्याधिक कारोबार भएको छ । हेर्नुहोस् बुधबार सेयर बजारमा सर्वाधिक कारोबार हुने कम्पनीहरुको सूचीः

Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page







प्रतिक्रिया दिनुहोस्