×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

बैंक अफ काठमाण्डू लिमिटेडद्वारा पहिलो त्रैमासको वित्तीय विवरण सार्वजनिक, कमायो २५ करोड ३४ लाख रुपैयाँ नाफा

LAXMI SUNRISE BANK
GLOBAL IME BANK

बैंक अफ काठमाण्डू लिमिटेडद्वारा पहिलो त्रैमासको वित्तीय विवरण सार्वजनिक, कमायो २५ करोड ३४ लाख रुपैयाँ नाफा

१७ कार्तिक २०७८, बुधबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं । बैंक अफ काठमाण्डूले पनि चालु आर्थिक वर्षको पहिलो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेको छ । बैंकले २५ करोड ३४ लाख रुपैयाँ खुद नाफा कमाएको वित्तीय विवरण सार्वजनिक गरेको  हो । यो नाफा गत वर्षको भन्दा ५% धेरै हो ।
यता बैंकको खुद ब्याज आम्दानी र सञ्चालन नाफा क्रमशः ३.१७% र ५% ले बढेको छ । बैंकका अनुसार असोज मसान्तसम्म वितरणयोग्य नाफा २ करोड ९२ लाख रुपैयाँ रहेको छ ।
यो त्रैमाससम्म बैंकले १ खर्ब २ अर्ब रुपैयाँ निक्षेप संकलन गर्दा १ खर्ब ६ करोड रुपैयाँ कर्जा लगानी गरेको छ । बैंकको प्रतिसेयर आम्दानी १० रुपैयाँ ५० पैसा (वार्षिक) रहेको छ ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी