×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

इसेवा मनी ट्रान्सफर र कतारको अलदार एक्सचेन्जबीच सम्झौता, सरल र भरपर्दो माध्यमबाट नेपाल पैसा पठाउन सकिने

LAXMI SUNRISE BANK
GLOBAL

इसेवा मनी ट्रान्सफर र कतारको अलदार एक्सचेन्जबीच सम्झौता, सरल र भरपर्दो माध्यमबाट नेपाल पैसा पठाउन सकिने

१८ कार्तिक २०७८, बिहीबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं । पछिल्लाा दिनमा आक्रामक ढंगले बजार विस्तार गरिरहेको इसेवा मनी ट्रान्सफरले कतारको ख्यातीप्राप्त रेमिट्यान्स कम्पनी अलदार एक्सचेन्जसँग रेमिट्यान्स् भुक्तानी सम्झौता गरेको छ । यस सम्झौतासँगै, कतारमा रहेका नेपालीहरुले अलदार एक्सचेन्जको कतारमा रहेका २१ ओटा शाखाहरुमा गइ इसेवामनी ट्रान्सफरमार्फत सरल र भरपर्दो माध्यमबाट नेपाल पैसा पठाउन सकिनेछ । अबदेखि कतारमा रहेका नेपालीहरुले अलदार एक्सचेन्ज मार्फत इवामनी ट्रान्सफरसंग आवद्ध नेपालका जुनसुकै बैंक खातामा र इसेवावालेटमा सहजै पैसा पठाउन सकिनेछ । यसैगरि अलदार एक्सचेन्जमार्फत पठाएको रकम, इसेवामनि ट्रान्सफरको देशभर रहेका ८०००भन्दा बढी एजेन्ट सञ्जाल बाट पनि सहजै भुक्तानी लिन सकिनेछ । साथै अलदार एक्सचेन्जकोबाट पनि चाडैं इसेवामनी ट्रान्सफरको सेवा सुचारु हुनेछ ।

उक्त सम्झौताबारे बोल्ने क्रममा इसेवा मनी ट्रान्सफरका सिइओ अजेस कोइरालाले भने, ‘इसेवामनी ट्रान्सफर र अलदार एक्सचेन्जवीचको यस सम्झौताले कतारबाट नेपाल रेमिट्यान्स् भुक्तानी सेवालाई थप सहज बनाएको छ र कतारमा रहेका नेपाली कामदारलाई नेपालमा पैसा पठाउने एउटा प्रभावकारी माध्यम प्रदान गरेको छ ।’ अलदा एक्सचेन्ज कतारको अग्रणी रेमिट्यान्स भुक्तानीकम्पनी हो । यसले कतार मुद्रा विनिमय व्यापार उद्योगमा शिर्ष स्थान ओगटेको छ । यो सन् २००६ यताकतारी रेमिट्यान्स् बजारको एक अभिन्न हिस्सा ओगटेर बसेको कम्पनी रहेको छ । अलदार एक्सचेन्ज संसारका आफ्ना स्थानका अब्बल ८५ बैंकहरुसँग रेमिट्यान्सको कारोबार गर्दै आएको छ भने यसले संसारभर इसेवामनी ट्रान्सफर जस्तै हजारौं रेमिट कम्पनीसंग आवद्ध रहँदै संसार भरिका मानिसलाई सहज र सुचारु ढंगमा रेमिट्यान्स् सेवाप्रवाहगर्दै आइरहेको छ ।

इसेवामनि ट्रान्सफरले परम्परागत तथा डिजिटल माध्यमबाट इसेवावालेट प्रयोगकर्ताहरुको र ६५ भन्दा बढी बैंक खातामाविपे्रषण रकम भित्र्याउँदै आएको छ । इसेवामनि ट्रानसफरले आफ्ना सेवाग्राहीहरुलाई ८००० भन्दा बढी एजेन्ट सञ्जालमार्फत पनि विपे्रषण भुक्तानी सेवा प्रदान गर्दै आइरहेको छ । सन् २०१९ मा नेपाल राष्ट्र बैंकबाट स्विकृति प्राप्त इसेवामनि ट्रान्सफर, देशभरका एक करोड दश लाखभन्दा बढी जनसंख्या र एक लाख बढी संस्थाहरुलाई फिनटेकमा आधारित भक्तानी सेवाहरुको माध्यमबाट सशक्त बनाउँदै आएको एफवान सफ्ट ग्रुपको भगिनी कम्पनी हो ।

CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी